logo

ग्रामीण विकास लघुवित्तले अन्य लघुवित्त संस्था पनि मर्ज गर्ने, अधिकृत पुँजी बढाएर दुई अर्ब

    1431   पटक पढिएको

२७ पुष / अर्थ र व्यापार - ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।  संस्थाले देशका सातवटै प्रदेशमा १ सय ८८ वटा इलाकारशाखा कार्यालय मार्फत विभिन्न ३ सय ६३ स्थानीय तहहरूमा लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा र्पुयाएको अध्यक्ष शाक्यले बताए।

संस्थाले ३२ करोड ११ लाख रूपैयाँ नाफा गरेको थियो। कम्पनीको कर्जा ९ अर्ब ९० करोड कर्जा र ३ अर्ब २३ करोड बचत छ।  प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले गरिबी न्यूनिकरण गर्ने अभियानमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए। 

संस्थाको चुक्ता पुँजी ९८ करोड २५ रूपैयाँ पुगेको छ। पुँजी वृद्धिसँगै संस्थाको पुँजीकोष थप मजबुत भई व्यवसाय विस्तारमा सघाउ पुग्न गएको कार्कीले बताए। 

अधिकृत पुँजी एक अर्बबाट २ अर्ब र्पुयाउने प्रस्ताव पारित गरिएको छ। अन्य उपयुक्त कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक कार्यहरू गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पनि पारित भएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।