logo

रिलायन्स लाइफ ६३ करोडको आइपीओ निष्कासन गर्दै, लगानी सुरक्षा मध्यम किसिमको  

    1724   पटक पढिएको

११ पुष / अर्थ र व्यापार - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड रूपैंयाँको प्राथमिक शेयर निस्कासन गर्ने भएको छ। इक्रा नेपालले गरेको रेटिङअनुसार कम्पनीले मध्यम किसिमको सुरक्षा जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड चार’ प्राप्त गरेको छ।

कम्पनीले प्रति शेयर सय रूपैंयाँको दरमा ६३ लाख कित्ता सर्वसाधारणको लागि निस्कासन गर्ने छ। यसमा केही प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानी कोषका लागि सुनिश्चित गरिएको हुन्छ।

 कम्पनीले गत आर्थिक वर्षको साधारणसभाबाट प्राथमिक शेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीको प्रमुख शेयरधनी सिद्धार्थ बैंकको मात्रै १८ प्रतिशत स्वामित्व छ। यसले गर्दा बैंकको एकजना प्रतिनिधि कम्पनीको सञ्चालक हुने व्यवस्था छ। 

त्यस्तै संस्थागत लगानीकर्ताका रूपमा अग्नि होल्डिङ, एमसी ग्रुप, केडिया अर्गनाइजेसन, रिलयान्स ग्रुप र शिवशक्ति ग्रुप लगायतका समुह छन्। बीमा कम्पनीहरूले उच्च बैंक ब्याजदरको फाइदा उठाइरहेका छन्। यसले गर्दा हरेक वर्ष नाफामा सुधार गर्न सफल भएका हुन्।  हाल जीवन बीमा कम्पनी १९ वटा छन्।

अघिल्लो वर्ष १० वटा कम्पनीले सञ्चालन अनुमति पाएका थिए। नयाँ कम्पनीमध्ये रिलायन्सको बजार हिस्सा ७ प्रतिशतमात्रै छ। समग्र जीवन बीमा क्षेत्रमा कम्पनीको बजार हिस्सा जम्मा एक प्रतिशत मात्रै छ। 

स्थापना भएको दुई वर्षको अवधिमा कम्पनीले ८८ वटा शाखा सञ्जाल विस्तार गरेको छ। यसै अवधिमा कम्पनीले ९ हजार २ सय अभिकर्ता तयार गरिसकेको छ। संस्थापक समुह बलियो भएकाले कम्पनीले राम्रो प्रस्तुति दिने एजेन्सीले जनाएको छ।

 गत आर्थिक वर्ष ६२ करोड ८० लाख रूपैंयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा भने १८ करोड १० लाख रूपैंयाँ आर्जन गरेको छ। रेटिङ गरेसँगै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्नेछ। बोर्डबाट अनुमति पाएर सर्वसाधारणको लागि शेयर निस्कासन लगभग चैत भित्रमा हुने देखिन्छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।