logo

रिलायन्स लाइफ ६३ करोडको आइपीओ निष्कासन गर्दै, लगानी सुरक्षा मध्यम किसिमको  

    1338   पटक पढिएको

११ पुष / अर्थ र व्यापार - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड रूपैंयाँको प्राथमिक शेयर निस्कासन गर्ने भएको छ। इक्रा नेपालले गरेको रेटिङअनुसार कम्पनीले मध्यम किसिमको सुरक्षा जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड चार’ प्राप्त गरेको छ।

कम्पनीले प्रति शेयर सय रूपैंयाँको दरमा ६३ लाख कित्ता सर्वसाधारणको लागि निस्कासन गर्ने छ। यसमा केही प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानी कोषका लागि सुनिश्चित गरिएको हुन्छ।

 कम्पनीले गत आर्थिक वर्षको साधारणसभाबाट प्राथमिक शेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीको प्रमुख शेयरधनी सिद्धार्थ बैंकको मात्रै १८ प्रतिशत स्वामित्व छ। यसले गर्दा बैंकको एकजना प्रतिनिधि कम्पनीको सञ्चालक हुने व्यवस्था छ। 

त्यस्तै संस्थागत लगानीकर्ताका रूपमा अग्नि होल्डिङ, एमसी ग्रुप, केडिया अर्गनाइजेसन, रिलयान्स ग्रुप र शिवशक्ति ग्रुप लगायतका समुह छन्। बीमा कम्पनीहरूले उच्च बैंक ब्याजदरको फाइदा उठाइरहेका छन्। यसले गर्दा हरेक वर्ष नाफामा सुधार गर्न सफल भएका हुन्।  हाल जीवन बीमा कम्पनी १९ वटा छन्।

अघिल्लो वर्ष १० वटा कम्पनीले सञ्चालन अनुमति पाएका थिए। नयाँ कम्पनीमध्ये रिलायन्सको बजार हिस्सा ७ प्रतिशतमात्रै छ। समग्र जीवन बीमा क्षेत्रमा कम्पनीको बजार हिस्सा जम्मा एक प्रतिशत मात्रै छ। 

स्थापना भएको दुई वर्षको अवधिमा कम्पनीले ८८ वटा शाखा सञ्जाल विस्तार गरेको छ। यसै अवधिमा कम्पनीले ९ हजार २ सय अभिकर्ता तयार गरिसकेको छ। संस्थापक समुह बलियो भएकाले कम्पनीले राम्रो प्रस्तुति दिने एजेन्सीले जनाएको छ।

 गत आर्थिक वर्ष ६२ करोड ८० लाख रूपैंयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा भने १८ करोड १० लाख रूपैंयाँ आर्जन गरेको छ। रेटिङ गरेसँगै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्नेछ। बोर्डबाट अनुमति पाएर सर्वसाधारणको लागि शेयर निस्कासन लगभग चैत भित्रमा हुने देखिन्छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।