logo

आज देखि रिलायन्स फाइनान्सको संस्थापक शेयर लिलामी बिक्रीमा

    1439   पटक पढिएको

१७ फागुन /अर्थ र व्यापार - रिलायन्स फाइनान्सद्वारा फागुन १७ गते देखि फेरि संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको छ । यसअघि चार पटक लिलामी खुला गर्दा पनि बिक्री नभएपछि फाइनान्सले शुक्रबारदेखि एक लाख ८८ हजार ८७४ दशमलव ५२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । संस्थापक शेयर लिलामीमा बोलपत्र पेश गर्न इच्छुक व्यक्ति वा संस्थाहरुले फाइनान्सको बिक्री प्रबन्धक सनराइज क्यपिटल कमलपोखरी तथा रिलायन्सका महेन्द्रपुल पोखरा, नारायणढ चितवन, बनेपा काभ्रे, चारआली, झापामा बुझाउन सक्नेछन् । 

त्यस्तै सनराइज बैंकको बीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीका शाखा कार्यालयहरुबाट ०७५ चैत १ गते सम्म शिलबन्दी बोलपत्र बुझाउन सकिने व्यवस्था गरिएको छ । कम्पनीको लिलामी शेयरमा न्यून्नतम प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी न्यूनतम एक हजार कित्तादेखि सबै कित्ताको लागि आवेदन गर्न सकिनेछ ।

कम्पनीको लिलामी शेयरमा न्यूनतम प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी न्यूनतम एक हजार कित्ताको लागि आवेदन गर्नुपर्दछ । फाइनान्सले यसअघि खुला गरेको लिलामीमा बिक्री नभएपछि फेरि सर्वसाधारणले समेत आवेदन गर्न पाउनेगरी लिलामी खुला गरेको छ । रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।

चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी दुई रुपैयाँ ६ पैसाले ऋणात्मक रहेको छ । जगेडा कोषमा एक करोड ५१ लाख वृद्धि गरेर उसले २२ करोड ७ लाख रुपैयाँ सञ्चित गरेको छ । फाइनान्सको प्रति शेयर नेटवर्थ १३० रुपैयाँ ६८ पैसा छ । फाइनान्सको संस्थापक शेयर अन्तिम पटक प्रतिकित्ता ११० रूपैयाँमा कारोबार भएको छ भने साधारण शेयर फागुन १५ गते दोस्रो बजारमा फाइनान्सको शेयर प्रतिकित्ता ११२ रुपैयाँमा कारोबार भएको छ । धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको संस्थापक शेयरको कारोबार साधारण शेयरको जस्तै सहज नभएका कारण पनि कम्पनीहरुलाई संस्थापक शेयर बिक्री गर्न कठिनाई उत्पन्न हुने गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।