logo

राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन पारित 

    1663   पटक पढिएको

५ चैत्र /अर्थ र व्यापार  - राष्ट्रिय वाणिज्य बैंकको तेह्रौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष गुरुङ्गले प्रतिवेदन प्रस्तुत गर्नुहुंदै राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उस्थितरहेको थियो । साथै अन्य शेयरधनीहरुमा कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रतिनीधि तथा सर्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष गुरुङ्गले प्रस्तुत गरेको प्रतिवेदन माथी शेयरधनिहरु दामोदर प्रसाद रेग्मी, निरजनकुमार तिवेडेवाल र अमृतनाथ रेग्मीेले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका थिए । सो टिप्पणी एवं जीज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले जवाफ दिए । साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा. माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी, सुशिल श्रेष्ठ, उपकार्यकारी अधिकृत टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी र विभागीय प्रमुखहरु लगायतकोे उपस्थिती रहेको थियो । साभारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए ।

बैंकको हाल ७७ जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को दोश्रो त्रैयमास सम्म बैंकले १ खर्ब ८१ अर्ब रुपैंया निक्षेप संकलन, १ खर्ब ३४ अर्ब रुपैंया कर्जा लगानी र २ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।