logo

अझै पनि राष्ट्र बैंक वाणिज्य बैंकबराबरको पुँजी प्राप्त गर्नमा असफल

    1773   पटक पढिएको

३ साउन / अर्थ र व्यापार – सरकारले नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिका लागि २ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । राष्ट्र बैंकको ५ अर्ब पु¥याउन सरकारले आवश्यक रकम उपलब्ध गराएको हो । हाल राष्ट्र बैंकको पुँजी ३ अर्ब रुपैयाँको रहेको छ । यसलाई बढाएर ५ अर्ब पु¥याउन सरकारले आवश्यक रकम उपलब्ध गराएको हो । 

यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको पुँजी वृद्धिका लागि आवश्यक थप २ अर्ब रुपैयाँ राष्ट्र बैंकको साधारण जगेडा कोषको रकमबाट प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यससँगै अब राष्ट्र बैंकको पुँजी ५ अर्ब रुपैयाँको हुने छ । राष्ट्र बैंकको पुँजीको निर्धारण ऐनले नै गरेको छ र सोहीअनुसार पुँजी वृद्धिका लागि सरकारले रकम प्रयोग गर्न स्वीकृति दिएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दोस्रो संशोधनले राष्ट्र बैंकको पुँजी ५ अर्ब रुपैयाँ हुने व्यवस्था गरेको छ । गत २९ कात्तिक ०७३ मा ऐनको दोस्रो संशोधन भएको थियो । ऐन संशोधन भएको ८ महिनापछि सरकारले पुँजी वृद्धिका लागि रकम उपलब्ध गराएको हो । ऐनमा राष्ट्र बैंकको पुँजी सरकारले दिने उल्लेख छ । त्यस्तै, नेपाल सरकारले राष्ट्र बैंकको पुँजी थपघट गर्न सक्नेसमेत ऐनमा उल्लेख छ ।

राष्ट्र बैंकको पुँजी बढेर ५ अर्ब पुगे पनि ‘क’ वर्गका बैंकको बराबर पनि हुनेछैन । हाल वाणिज्य बैंकको पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । यसअनुसार वाणिज्य बैंकको पुँजीभन्दा राष्ट्र बैंकको पुँजी ३ अर्ब रुपैयाँले कमी हुनेछ । राष्ट्र बैंकले आफ्नो पुँजी वाणिज्य बैंकको भन्दा निकै बढी पुर्याउँदा राम्रो सन्देश जाने छ । 

राष्ट्र बैंकको पुँजी वृद्धिले बजारमा राम्रो सन्देश जाने, राष्ट्र बैंकको स्वायत्ततालाई कायम राख्ने र सम्भावित विपत्तिको सामना गर्ने औजार तयार हुनेछ । विदेशी विनिमय दरमा ठूलो उतार–चढाव आउँदा वा बृहत् अर्थतन्त्रको व्यवस्थापनमा बढी खर्च गर्दा कुनै पनि वेला राष्ट्र बैंक घाटामा जान सक्छ । यस्तो अवस्थामा धेरै पुँजी हुँदा त्यसैलाई परिचालन गर्न सकिने भएकाले सरकारसँग निर्भर हुनुपर्दैन ।

अहिले वाणिज्य बैंकहरूको पुँजी ८ अर्ब पुगिसक्यो, तर राष्ट्र बैंकको पुँजी भने बल्ल ५ अर्ब पुग्दै छ । यसले बजारमा राम्रो सन्देश दिँदैन । बजारमा मनोबल बढाउन पनि राष्ट्र बैंकको पुँजीलाई २० अर्ब पुर्याउनुपर्छ । पुँजी वृद्धिले खासगरी मनोवैज्ञानिक प्रभाव पार्छ । राष्ट्र बैंकलाई बलियो बनाउन मद्दत गर्छ । राष्ट्र बैंकको स्वायत्ततालाई कायम राख्नसमेत पुँजीले भूमिका खेल्छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।