logo

राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब २० करोड, स्प्रेडदर बढ्दा पनि नाफा घट्यो

    1585   पटक पढिएको

२९ माघ / अर्थ र व्यापार - राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष (आव) को ६ महिनामा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ गरेको थियो ।
बैंकले प्रकाशित गरेको चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा करिब २० करोड रुपैयाँले घटेको छ । खराब कर्जा जति छ, त्यति रकम नोक्सानी व्यवस्थाको लागि पनि नराख्दा र व्याज अन्तर (स्प्रेड) दर बढाउँदा पनि बैंकको नाफा कम घटेको छ ।

पुस मसान्तसम्ममा बैंकले सर्वसाधारणमा १ खर्ब ४७ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब ४२ अर्ब २ करोड २८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।
चालु आवको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको १ खर्ब ९४ अर्ब ९० करोड १९ लाख रुपैयाँ निक्षेप छ । गत आवको साृेही अवधिमा बैंकका सर्वसाधारणको १ खर्ब ८९ अर्ब २५ करोड ५३ लाख रुपैयाँ निक्षेप थियो । बैंकले सर्वसाधारणको निक्षेप करिब ६ अर्ब रुपैयाँ बढाउँदा कर्जा तथा लगानी करिब करिब ५ अर्ब रुपैयाँ बढाएको छ ।
बैंकको खुद व्याज आम्दानी बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो भने चालु आवको सोही अवधिमा ५ अर्ब ६ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
बैंकले गत आवको ६ महिनामा ७ अर्ब २३ करोड ४३ लाख रुपैयाँ व्याज आम्दानी गरी २ अर्ब २८ करोड ६ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । चालु आवको सोही अवधिसम्ममा बैंकले ८ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब ६६ करोड ५८ लाख रुपैयाँ व्याज खर्च गरेको छ ।

बैंकको खराब कर्जा अनुपात बढेको छ । गत आवको पुस मसान्तसम्ममा ३.४० प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिसम्ममा ४.७७ प्रतिशत पुगेको छ । बैंकले खराब कर्जाको लागि सम्भावित नोक्सानी व्यवस्थामा ९५.४५ प्रतिशत मात्रै रकम राखेको छ । गत वर्षको सोही अवधिमा सम्भावित नोक्सानी व्यवस्थाको लागि ९९.७९ प्रतिशत रकम राखेको थियो । बैंकले दिएको कर्जाको सावा व्याज किस्ता नियमित उठेन भने सम्भावित नोक्सानी व्यवस्थाको लागि राखिएको रकमबाट बैंकको पुँजी कोष प्रभावित हुनबाट जोगाउने गरिन्छ । रकम थोरै राख्दा कुनै कर्जा खराब भयो भने बैंकको पुँजी कोष घट्न सक्छ ।

बैंकको कष्ट अफ फण्ड ४.७७ प्रतिशत छ । गत वर्ष कष्ट अफ फण्ड ३.४० प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७२.६६ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा यस्तो अनुपात ६९.२४ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । यस्तो अनुपात कम हुँदा बैंकको बैंकले विवेशील ढंगले स्रोतको परिचालन गर्न नसकेको अर्थ लाग्छ ।

बैंकको आधार दर ६.६ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात ५.६ प्रतिशत थियो । आधार दर बढ्दा कर्जाको व्याजदर बढ्न सक्छ । यस्तै गत वर्ष ४.७८ प्रतिशत रहेको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तसम्म आइपुग्दा ५.५३ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा बैंकहरुको व्याज अन्तरदर ४.४ प्रतिशतमा ल्याइसक्न नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको छ ।

बैंकमा सरकारको करिब शतप्रतिशत लगानी रहेकोले बैंकमा परिसुचक जे जस्ता भएपनि प्रत्येक्ष रुपमा सर्वसाधारण लगानीकर्तालाई भने प्रभाव पार्ने छैन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।