logo

कर्णाली डेभ्लपमेन्ट बैंकको नाफामा ७ प्रतिशतको गिरावट

    1380   पटक पढिएको

२२ साउन / अर्थ र व्यापार – कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ३१ लाख खुद नाफा गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा दश लाख कम हो । बैंकले गतवर्ष यहि अबधिमा १ करोड ४१ लाख नाफा कमाएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकको नाफामा ७ प्रतिशतले कमी आएको छ । बैंकको संचालन नाफा घटेपछि नाफा प्रभावित भएको हो । यद्यपी बैंकको खुद ब्याज आम्दानी भने बढेको छ ।

बैंकले यसअवधिमा दुई अर्ब निक्षेप संकलन गरेको छ भने एक अर्ब तीन करोड कर्जा परिचालन गरेको छ । बैंकको चुक्तापूँजी १५ करोड १० लाख र जगेडा कोषमा ४ करोड छ । बैंकको निष्क्रिय कर्जा २.२७ र सिडी रेशियो ४९.७५ प्रतिशत रहेको छ । अहिले नै आठ रुपैयाँ ७१ पैसा प्रति सेयर आम्दानी रहेको कम्पनीले २२५ प्रतिशत हकप्रद बेचेपछि के हाल होला भन्ने कुरा बिचारणीय छ । 

बैंकले २२५ प्रतिशत हकप्रद बिक्रीको प्रक्रिया समेत अगाडि बढाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले चुक्तापूँजी ५० करोड पुर्याउनु पर्नेछ । २२५ प्रतिशत हकप्रद जारी गरेपछि बैंकको प्रतिसेयर आम्दानी निकै घट्नेछ । त्यसकारण बैंकले आम्दानीको क्षेत्र पहिचान गरि उल्लेख्य बढाउनुपर्ने देखिन्छ । पूँजी बढे अनुसार आम्दानी बढाउन नसक्ने बैंक तथा वित्तिय संस्थाको सेयर हकप्रदको लोभमा उचालिएर हैन, घटेर न्युन बिन्दुमा आएको बेलामा मात्र किन्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।