logo

कर्णाली डेभ्लपमेन्ट बैंकको नाफामा ७ प्रतिशतको गिरावट

    1070   पटक पढिएको

२२ साउन / अर्थ र व्यापार – कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ३१ लाख खुद नाफा गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा दश लाख कम हो । बैंकले गतवर्ष यहि अबधिमा १ करोड ४१ लाख नाफा कमाएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकको नाफामा ७ प्रतिशतले कमी आएको छ । बैंकको संचालन नाफा घटेपछि नाफा प्रभावित भएको हो । यद्यपी बैंकको खुद ब्याज आम्दानी भने बढेको छ ।

बैंकले यसअवधिमा दुई अर्ब निक्षेप संकलन गरेको छ भने एक अर्ब तीन करोड कर्जा परिचालन गरेको छ । बैंकको चुक्तापूँजी १५ करोड १० लाख र जगेडा कोषमा ४ करोड छ । बैंकको निष्क्रिय कर्जा २.२७ र सिडी रेशियो ४९.७५ प्रतिशत रहेको छ । अहिले नै आठ रुपैयाँ ७१ पैसा प्रति सेयर आम्दानी रहेको कम्पनीले २२५ प्रतिशत हकप्रद बेचेपछि के हाल होला भन्ने कुरा बिचारणीय छ । 

बैंकले २२५ प्रतिशत हकप्रद बिक्रीको प्रक्रिया समेत अगाडि बढाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले चुक्तापूँजी ५० करोड पुर्याउनु पर्नेछ । २२५ प्रतिशत हकप्रद जारी गरेपछि बैंकको प्रतिसेयर आम्दानी निकै घट्नेछ । त्यसकारण बैंकले आम्दानीको क्षेत्र पहिचान गरि उल्लेख्य बढाउनुपर्ने देखिन्छ । पूँजी बढे अनुसार आम्दानी बढाउन नसक्ने बैंक तथा वित्तिय संस्थाको सेयर हकप्रदको लोभमा उचालिएर हैन, घटेर न्युन बिन्दुमा आएको बेलामा मात्र किन्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।