logo

हिमालयन डिस्टिलरी लिमिटेडको नाफा ७६ प्रतिशतले घट्यो

    2127   पटक पढिएको

३० साउन / अर्थ र व्यापार – पछिल्लो एक महिनाको अवधिमा झण्डै तीन गुणा सेयरमूल्य बढेको हिमालयन डिस्टिलरी लिमिटेडको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्षमा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले यहि अवधिमा १६ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको नाफा अघिल्लो वध्र्षको तुलनामा करिब ७६ प्रतिशत अर्थात १२ करोड त्त२१ लाख कम हो । कम्पनीबाट उत्पादित रोयल ट्रेजर तथा गोल्डेन ओक ब्राण्डका मदिराको बिक्रीमा कमी आएपछि नाफा प्रभावित भएको हो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोडरुपैयाँ बराबरको मदिरा बिक्री गरेको छ । अघिल्लो वर्ष कम्पनीले मदिरा बिक्रीबाट १ अर्ब ६५ करोड रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो बर्ष भन्दा कम्पनीको १८ करोडले कम मदिरा बिक्री भएको छ ।

कम्पनीको नाफा घटेपछि प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८२ पैसा थियो । तर पछिल्लो एक महिनाको अवधिमा सेयरबजारमा यो कम्पनीको सेयरमूल्य १६५ प्रतिशतले उकालो लागेको छ । एक महिना अगाडि प्रतिकित्ता ७७१ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य आइतबार प्रतिकित्ता २०५० रुपैयाँमा कारोबार भएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।