logo

संचालन तथा खुद ब्याज आम्दानी घट्दा पनि नाफामा इन्फिनिटी

    1636   पटक पढिएको

२४ कात्तिक/अर्थ र व्यापार– इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा दुई करोड १८ लाख  रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानी र संचालन आम्दानी दुवै घट्दा पनि खराब कर्जा उठ्तीमा सफल हुँदा नाफा बढेको हो । 

गत आवको असोज मसान्तसम्ममा एक करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको ईन्फिनिटीले चालु आवको असोज मसान्तसम्ममा दुई करोड १८ लाख  रुपैयाँ खुद नाफा कमाएको हो । 

कम्पनीको खुद व्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा १५.७९ प्रतिशत र संचालन आम्दानी २०.५१ प्रतिशतले घटेको छ । तर यस त्रैमासमा कम्पनीले करीब एक करोड ४३ लाख खराब कर्जा संकलन गरेको छ । जून कम्पनी यो त्रैमासको खुद नाफाको ६५.६० प्रतिशत हो । 

गत आवको सोही अवधिमा तीन करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको इन्फिनिटीले चालु आवको पहिलो त्रैमासमा भने यसवापत तीन करोड ३० लाख रुपैयाँ मात्र आर्जन गरेको छ ।

यस्तै, कम्पनीको सञ्चालन नाफा अघिल्लो आवको असोज मसान्तको दुई करोड ५५ लाख रुपैयाँको तुलनामा यो आवको समान अवधिमा दुई करोड तीन लाख रुपैयाँ मात्रै सञ्चालन नाफा भएको छ ।

अघिल्लो आवको नाफाबाट गत वर्ष १० प्रतिशत बोनस (लाभांस) वितरणपछि इन्फिनिटीको चुक्ता पुँजी १० प्रतिशत बढेको छ । हाल यसको चुक्ता पुँजी २२ करोड ८१ लाख रुपैयाँ छ । 

कम्पनीले असोज मसान्तसम्ममा ७२ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल दुई अर्ब ७२ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

कम्पनीको जगेडा कोषको रकम गत वर्षभन्दा ४१.६५ प्रतिशत बढेर १२ करोड २४ लाख रुपैयाँ पुगेको छ । 
असोज मसान्तसम्ममा यसको प्रतिसेयर आम्दानी ३८.२३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५३.६८ रुपैयाँ छ ।

हाल आम्दानीको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी (मूल्य आम्दानी अनुपात) २०.७० गुणा छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।