logo

आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकको नाफा ५४ प्रतिशतले बढ्यो

    1532   पटक पढिएको


२० कात्तिक/अर्थ र व्यापार– चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको खुद नाफा ५४.२४ प्रतिशतले बृद्धी भएको छ । 

कोभिढ–१९ महामारीका कारण बैंकहरुको ऋण उठ्न नसकी नाफा प्रभावित हुन्छ भन्ने अनुमान विपरीत बैंकले ठूलो नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो । 

बैंकले चालु आर्थिक बर्षको साउनदेखि असोजको तीन महिनाको बीचमा १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्ष यही अवधिमा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले कैलाश विकास बैंक र कन्काई विकास बैंकलाई गाभेपछि नाफा उच्च दरले बढेको हो । त्यही कारण बैंकको चुक्ता पुँजी पनि बढेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ३३ करोड ८४ लाख ४६ हजार रूपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ४६.२४ प्रतिशत र सञ्चालन मुनाफा ५३.२७ प्रतिशत बढेसँगै खुद नाफा बढ्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५५ करोड ८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्म खुद ब्याज आम्दानी १ अर्ब ६ करोड रहेको थियो भने संचालन मुनाफा ९४ करोड ४४ लाख थियो । 

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ संचित छ । बैंकको जगेडा कोषको रकम गत वर्षभन्दा १४ प्रतिशत बढी हो । बैंकले गत वर्षको असोजको तुलनामा निक्षेप ४ प्रतिशत बढी संकलन गरेको छ भने कर्जा करिब ३ प्रतिशतले बढाएको छ । 

बैंकले असोज मसान्तमा १ खर्ब २४ अर्ब  ५० करोड निक्षेप संकलन गरेको छ भने १ खर्ब १३ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा गत वर्षभन्दा बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १.१४ प्रतिशत रहेको यस्तो कर्जा अहिले बढेर १.३७ प्रतिशत पुगेको छ ।

बैंकको प्रति सेयर आम्दानी २९.११ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेटवर्थ १५४.२६ रुपैयाँ कायम भएको छ । मूल्य आम्दानी अनुपात ९.८६ गुणा कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।