logo

प्राइम र ओम डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको अल्टिमेटम

    1330   पटक पढिएको

२७ बैशाख /अर्थ र व्यापार  - प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले ३ महिनाभित्र मर्जर तथा एक्वायरमा जान राष्ट्र बैंकले अल्टिमेटम दिएको छ । समझदारी गरेको ८ महिनापछि डिमर्जमा जाने निर्णय गरेका थिए ।राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्राइम र ओमलाई एक्विजिसनका लागि दिएको सैद्दान्तिक सहमति खारेज गर्दै अर्को कुनै संस्था खोजेर ३ महिनाभित्र मर्जरमा जान अल्टिमेटम दिएको हो ।

३ महिनासम्म राष्ट्र बैंकबाट पाउने पुनःकर्जा लगायतका सुविधा उपलब्ध नगराउने सञ्चालक समितिले निर्णय गरेको छ । राष्ट्र बैंक ऐन दफा १०० को अधिकार प्रयोग गरी यस्तो कारबाही गर्ने निर्णय गरिएको स्रोतले जानकारी दियो । कर्मचारी समायोजन लगायतका विषयमा कुरा नमिलेपछि यी दुई संस्थाबीचको एक्विजिसन प्रक्रिया अवरुद्ध भएको हो । दुबै संस्थाले प्रक्रिया अवरुद्ध हुनुमा एकअर्कालाई दोष लगाएका छन् ।

एक्विजिसन प्रक्रिया सक्नका लागि राष्ट्र बैंकले यही बैशाख १३ गतेसम्मका लागि समय दिएको थियो । उक्त मितिमा दुबै बैंकले अलग हुनका लागि आवेदन दिएका थिए । बैशाख ८ गते राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेलको संयोजकत्वमा प्राइम र ओमका प्रतिनिधि र विभागकै अन्य कर्मचारीहरुबीच छलफल भएको थियो । प्रक्रिया तोडे राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिँदादिँदै पनि यी संस्थाले अलग हुने निर्णय गरेका हुन् । गत भदौ ३ गते दुबै बैंकका अध्यक्षले एक समारोहबीच एक्विजिसन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।