logo

ऋणको ब्याज दर बृद्धिप्रति उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

    1110   पटक पढिएको

२१ मंसिर/ अर्थ र व्यापार - विगत दुईवर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट एक तर्फीरुपमा ऋणको ब्याज दर बृद्धि हुँदै आएकोप्रति नेपाल उद्योग बाणिज्य महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघका निमिक्ति महानिर्देशक गोपालप्रसाद तिवारीद्वारा बिहिबार प्रकाशित विज्ञप्तिमा ऋणको ब्याज दर बृद्धिले उद्योग व्यवसाय क्षेत्रले कठिनाइ भोगिरहेको कुरा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ–निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत बृद्धि भएको छ भने अर्कोतर्फ नयाँ परियोजना ल्याउन नसकिरहेको अवस्था छ ।

महासंघले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रका जिम्मबार पदाधिकारीहरुलाई औपचारिक एवम् अनौपचारिक रुपमा नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्घी क्षमता ह्रास हुन गएकोले उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परेको बताउँदै आएको विज्ञप्तिमा उल्लेख छ । 

बढ्दो ब्याज दरले लगानी संकुचित भई सरकारले लिएको ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य र थप पाँच लाख रोजगारी बृद्धिको लक्ष्य हासिल हुन कठिन हुने देखिन्छ–विज्ञप्तिमा भनिएको छ । हालै फेरी बैंकको ब्याजदर बृद्धि हुने क्रम सुरु भएको र अव्यवहारिक ढंगबाट एकतर्फी रुपमा ब्याजदर बढाइदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई प्रत्यक्ष प्रभाव पारी समग्र अर्थतन्त्र प्रभावित हुने महासंघले जनाएको छ । अस्वाभाविक तरिकाले भइरहेको ब्याजदर बृद्धिलाई निश्चित सीमा तोक्न नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई  महासंघ हार्दिक अनुरोध गर्दछ(विज्ञप्तिमा जनाइएको छ ।


 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।