logo

ऋणको ब्याज दर बृद्धिप्रति उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

    1423   पटक पढिएको

२१ मंसिर/ अर्थ र व्यापार - विगत दुईवर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट एक तर्फीरुपमा ऋणको ब्याज दर बृद्धि हुँदै आएकोप्रति नेपाल उद्योग बाणिज्य महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघका निमिक्ति महानिर्देशक गोपालप्रसाद तिवारीद्वारा बिहिबार प्रकाशित विज्ञप्तिमा ऋणको ब्याज दर बृद्धिले उद्योग व्यवसाय क्षेत्रले कठिनाइ भोगिरहेको कुरा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ–निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत बृद्धि भएको छ भने अर्कोतर्फ नयाँ परियोजना ल्याउन नसकिरहेको अवस्था छ ।

महासंघले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रका जिम्मबार पदाधिकारीहरुलाई औपचारिक एवम् अनौपचारिक रुपमा नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्घी क्षमता ह्रास हुन गएकोले उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परेको बताउँदै आएको विज्ञप्तिमा उल्लेख छ । 

बढ्दो ब्याज दरले लगानी संकुचित भई सरकारले लिएको ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य र थप पाँच लाख रोजगारी बृद्धिको लक्ष्य हासिल हुन कठिन हुने देखिन्छ–विज्ञप्तिमा भनिएको छ । हालै फेरी बैंकको ब्याजदर बृद्धि हुने क्रम सुरु भएको र अव्यवहारिक ढंगबाट एकतर्फी रुपमा ब्याजदर बढाइदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई प्रत्यक्ष प्रभाव पारी समग्र अर्थतन्त्र प्रभावित हुने महासंघले जनाएको छ । अस्वाभाविक तरिकाले भइरहेको ब्याजदर बृद्धिलाई निश्चित सीमा तोक्न नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई  महासंघ हार्दिक अनुरोध गर्दछ(विज्ञप्तिमा जनाइएको छ ।


 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।