logo

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नारायण पौडेल नियुक्त

    1202   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार - प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नारायण पौडेल नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएको एक साता नहुँदै पौडेल प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

राष्ट्र बैंक ऐनको दफा १०६ को ‘क’ मा  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा कार्यकारी निर्देशकलाई राष्ट्र बैंकबाट अवकास पाएको ३ वर्षसम्म सरकारी लगानीको बाहेक निजी बैंक तथा वित्तीय संस्थामा जान कानूनले रोक लगाएको छ । तर, बीमा कम्पनीमा जान भने रोक छैन । नेपालमा भने एउटै समुहले नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी चलाउने गर्छन् ।

पौडेल राष्ट्र बैंकको शक्तिशाली बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुख थिए । पौडेल यही जेठ २६ गते मात्रै राष्ट्र बैंकको नियमन विभागको कार्यकारी निर्देशक पदबाट ३० वर्षे सेवा अवधिका कारण अवकास पाएका थिए । पौडेल जान लागेको प्रभु समूहको प्रभु बैंक पनि छ । प्रभु समूहले नै प्रवर्द्धन गरेको प्रभु लाइफ इन्स्योरेन्सको सिइओमा पौडेल नियुक्त भएका हुन् । प्रभु स्रोतका अनुसार पौडेल असारको पहिलो साताबाट काम गर्ने आउने गरेर सिइओ नियुक्त भएका हुन् ।

बीमा समितिले अनुमति दिएपछि मात्रै पौडेलले सीइओको पदभार सम्हाल्नेछन् । बीमा समितिको अध्यक्षमा पनि राष्ट्र बैंकमा रहँदा पौडेलका सहकर्मी चिरञ्जीबी चापागाईं छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।