logo

प्रभु बैंकलाई ७ भन्सार नाकाहरुबाट सरकारी राजस्व उठाउने जिम्मा

    1471   पटक पढिएको

१७ मंसिर /अर्थ र व्यापार - सरकारले देशभरका विभिन्न ७ भन्सार नाकामा राजस्व संकलन गर्ने जिम्मा प्रभु बैंकलाई दिएको छ । राष्ट्र बैंक र भन्सार विभागको स्वीकृतिमा प्रभु बैंकले पूर्वदेखि पश्चिम सम्मका स्तरोन्नति गरिएका भन्सार नाकाहरुबाट सरकारी राजस्व उठाउने भएको छ । त्यसका लागि बैंकले मंगलबार एकैपटक ७ वटा एक्सटेन्सन काउन्टर खोल्दैछ । उक्त एक्सटेन्सन काउन्टरहरुले भन्सार राजस्व संकलन गर्नेछन् ।

यी एक्सटेन्सन काउन्टर सञ्चालनमा आएपछि निक्षेप परिचालन गर्न थप सजिलो हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । बैंकले झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाँडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुनौली, र कैलालीको सति भन्सार नाकामा एक्सटेन्सन काउन्टर खोल्न लागेको उनले बताए । ७ वटै भन्सार कार्यालयको उदघाटन भन्सार विभागका महानिर्देशक तोयम रायले महोत्तरीको जलेश्वरबाट गर्दैछन् । ती कार्यालयहरुले ३६५ दिन नै बैंकिङ सेवा प्रदान गर्नेछन् ।

यसअघि नै प्रभु बैंकले देशभर १६२ शाखा, १२१ वटा एटीएम र २ वटा एक्सटेन्सन काउन्टरमार्फत् साढे ११ लाख ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । स्थानीय तहमा धेरै शाखा खोल्ने बैंकमध्ये प्रभु दोस्रो हो । बैंकले ३० वटा स्थानीय तहमा शाखा खोल्नका लागि अनुमति पाएकोमध्ये २८ स्थानीय तहमा शाखा खोलिसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।