logo

प्रभु बैंकको नाफामा ५८ प्रतिशतले वृद्धि

    1315   पटक पढिएको

२२ बैशाख /अर्थ र व्यापार - प्रभु बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा ५८ प्रतिशतले नाफा बढाएको छ । बैंकले ९ महिनाको अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको यहि अवधिमा ९१ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले खराब कर्जा सल्टाएर नेचुरल ग्रोथ गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए।बैंकले पूँजी वृद्धि योजनापछि शाखा विस्तारसँगै साना कर्जामा केन्द्रित हुँदा राम्रो नाफा गर्न सफल भएको शेरचनले बताए । बैंकले गत वर्षको तुलनामा ३५ प्रतिशतले व्याज आम्दानी बढाएको छ भने व्याज खर्च १७ प्रतिशत मात्रै बढेको छ । ९ महिनाको अवधिमा ८ अर्ब एक करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने व्याज खर्च चार अर्ब ६४ करोड रुपैयाँ छ ।

निक्षेप संकलन र ऋण लगानीमा सन्तुलन कायम गरेको बैंकले निक्षेप संकलन २२ प्रतिशलते बढाउँदा ऋण लगानी २१ प्रतिशतले वृद्धि गरेको छ । बैंकले ९ महिनाको अवधिमा एक खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ८९ अर्ब ९३ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको आधार व्याजदर १.५५ प्रतिशतले घटेर ९.१६ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको व्याजदर गणना विधि र गैर व्यावसायिक कर्जाको धेरै हुँदा आधार व्याजदर तुलनात्मक रुपमा घट्न सफल भएको बैंकले जनाएको छ । बैंकिङ तरलताको समस्या धेरै हुँदा अवका दिनमा बैंकले निक्षेप संकलन तथा ऋण लगानी भन्दा फरक क्षेत्रमा आफ्नो व्यवसाय केन्द्रित गरेको शेरचनले जानकारी दिए ।

आगामी दिनमा बैंकले शाखा विस्तारलाई ध्यान दिदै आफ्नो सेवाको क्षेत्र विस्तार गर्ने योजना बनाएको छ । धितोपत्र मूल्याङ्कनका आधामा मात्रै कर्जा प्रवाह गर्ने भन्दा पनि प्रोजेक्टका आधारमा कर्जालाई विस्तार गर्ने उनले बताए । बैंकले गत वर्षको१.४८ प्रतिशतले खराव कर्जा घटाउदै २.४२ प्रतिशतमा झारेको छ । गत वर्षको यहि अवधिमा बैंकको खराव कर्जा ३.९० प्रतिशत थियो। ०.४७ प्रतिशतले स्प्रेड दर बढ्दा बैंकको नाफामा उल्लेख्य सुधार भएको छ । चैत मसान्त सम्ममा बैंकको स्प्रेड दर ४.८८ प्रतिशत रहेको छ । अवको तीन महिनामा बैंकले उक्त स्प्रेडलाई ४.५ प्रतिशतमा झार्नु पर्नेछ ।

प्रतिशेयर आम्दानी ८ रुपैयाँले बढेर २३ रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ छ भने जगेडामा ५ अर्ब ७७ करोड रुपैयाँ जम्मा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।