logo

कालीका माईक्रोक्रेडिट लघुवित्तको प्रतिसेयर आम्दानीमा गिरावट

    1327   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार – अघिल्लो आर्थिक बर्षमा ६५ प्रतिशत बोनस वितरण गरेको कालीका माईक्रोक्रेडिट लघुवित्तको प्रतिसेयर आम्दानीमा भारी मात्रामा गिरावट आएको छ । अघिल्लो बर्ष ५२ रुपैयाँ ८२ पैसा प्रतिसेयर आम्दानी कायम गरेको कम्पनीको गत वर्षमा झण्डै २६ रुपैयाँले घटेर २७ रुपैयाँ ०२ पैसामा झरेको हो ।

कालीका माईक्रोक्रेडिटको पूँजी बढे अनुपातमा नाफा बढ्नपर्नेमा उल्टै घट्नु, अन्य सञ्चालन खर्चमा उच्च वृद्धि र कर्मचारी खर्च बढ्दै जानु नै कम्पनीको प्रगतिमा ब्रेक लगाउने मुख्य आधार बनेको छ । 

लघुवित्तको खुद नाफामा गत आर्थिक बर्ष १५.५७ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक बर्षमा दुई करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको गत बर्षमा ४१ करोडले खुद नाफा घटेर दुई करोड २२ लाख रुपैयाँमा सिमित हुन पुगेको छ ।

पाँच करोड २७ लाख रुपैयाँ जगेडाकोषमा सञ्चित राखेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९२ पैसा रहेको छ । निष्कृय खराब कर्जा १.५२ प्रतिशतमा घटाएको कम्पनीको पूँजीकोष प्रयाप्तता २०.५४ प्रतिशत र मूल्य आम्दानी अनुपात ६८.३८ गुणा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ३२ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन तथा ७६ करोड ९० लाख रुपैयाँ कर्जा परिचालनबाट सात करोड १६ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ । लघुवित्तको सञ्चालन आम्दानी तीन करोड ७७ लाख रुपैयाँबाट घटेर तीन करोड चार लाख रुपैयाँमा झरेको हो । 

त्यस्तै अन्य सञ्चालन खर्च एक करोड ४० लाख रुपैयाँले बढेपछि कम्पनीको प्रगतिमा ब्रेक लागेको हो । कम्पनीले संभावित जोखिम बापत कोषको रकम दोब्बरले बढेर एक करोड एक लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा ५७ लाख व्यवस्था गरेको थियो । कम्पनीले ४५ लाख ४७ हजार रुपैयाँ संभावित जोखिम कोषबाट फिर्ता गरेको छ । 
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।