logo

एनएमबि माइक्रोफाइनान्सको २ दिने लघुवित्त अभिमुखीकरण तालिम

    2151   पटक पढिएको


२२ कात्तिक / अर्थ र व्यापार - काठमाडौं–एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले फिल्डमा कार्य गर्ने प्रशिक्षार्थी कर्मचारीहरुका लागि लघुवित्त कार्यक्रम संचालन सम्बन्धी ज्ञान दिलाउने र फिल्ड काम गर्न दक्ष बनाउने उद्धेश्यले २ दिने लघुवित्त अभिमुखीकरण तालिमको आयोजना गर्यो । उक्त तालिमको वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए । 
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कोनाजोले लघुवित्तको संचालनको शुरुवात, नेपालमा यसको स्थापना तथा हालको अवस्थाको वारेमा प्रकाश पारे । 
लघुवित्त कार्यक्रम नेपालमा प्रभावकारी रुपमा संचालन हुदै आइरहेको र ग्रामीण क्षेत्रको आर्थिक विकासको लागि मेरुदण्डको रुपमा स्थापित भएतापनि नेपालको कुनै पनि विद्यालय, विश्वविद्यालयहरुको शैक्षिक पाठ्यक्रममा यसको अध्ययन अध्यापन हुन नसकेकोले यस सम्बन्धमा सम्बन्धित निकायहरुको ध्यान जानुपर्ने विचार ब्यक्त गरे । लघुवित्त कार्यक्रम एक सामाजिक कार्य भएकोले यस क्षेत्रमा काम गर्ने जोसुकै कर्मचारीहरुको अन्तरआत्माबाटै सामाजिक भावना जागृत हुनुपर्ने धारणा राखे ।  
लघुवित्तको क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा लघुवित्त सम्बन्धी ज्ञानको साथसाथै अन्य विषयहरुको पनि चौतर्फी ज्ञान, सीप र दक्षता हुनुपर्ने देशमा भईरहेका नयाँ घटना तथा जानकारीमुलक कुराहरु, सान्दर्भिक लेख रचनाहरु लगायतका कुराहरुमा अपडेट हुन समेत आग्रह गरे ।
 तालिम, गोष्ठी र कार्यक्रम कर्मचारीको ब्यक्तित्व विकासको महत्वपुर्ण औजार भएकाले हरेक कर्मचारीलाई समय समयमा तालिम आवश्यक रहेको कुरा वताए । त्यसै गरी हरेक कर्मचारीहरुमा सकारात्मक सोचाई हुनुपर्ने र कर्मचारीहरु ग्रामीण क्षेत्रको विपन्न वर्ग, समुदायमा काम गर्नुपर्ने भएकाले सबैलाई सम्मानजनक ब्यवहार गर्नुपर्ने कुरामा जोड दिए ।
२ दिन सम्म संचालन हुने सो तालिममा  वित्तीय संस्थाको वारेमा जानकारी, नेपालमा लघुवित्तको वर्तमान अवस्था, लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका वारेमा केन्द्रित रहने जानकारी गराइयो । 
कार्यक्रममा ३५ जना नयाँ प्रशिक्षार्थीहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । विभागीय प्रमुख खगेन्द्र तिम्सिनाले संचालन गरको उक्त तालिममा वित्तीय संस्थाको सहायक महाप्रबन्धक ईश्वर आत्रेयले उपस्थित सहभागीहरुलाई स्वागत गरेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।