logo

एनएमबिले किन्यो कञ्चन डेभलपमेन्ट बैंक, कञ्चनले पायो प्रति सेयर ८५ रुपैयाँ स्वाप रेसियो

    1448   पटक पढिएको

२७ माघ / अर्थ र व्यापार - एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। प्राप्तिबारे दुवै संस्थाका अधिकारीहरु बीच सम्झौता भएको छ ।  कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले प्रादेशिक संरचनामा काम गर्न सजिलो हुने भन्दै एनएमबि उक्त प्रक्रियामा पुगेको हो। कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी गरि पाँचवटा जिल्लामा कार्यक्षेत्र रहेको कञ्चन सुदूर पश्चिम प्रदेशको बैंक हो ।

यसको मुख्य कार्यालय कञ्चनपुरमा छ । उक्त बैंकका १७ वटा शाखा कार्यालयहरू र तीनवटा एक्सटेन्सन काउन्टर संचालनमा छन्। एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट प्राप्ति गरेपछि सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या चार पुग्नेछ । 

एनएमबिले केही समयअघि ओम डेभलपमेन्ट बैंक गाभेर गण्डकी प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाएको थियो। त्यसअघि पनि एनएमबिले केही विकास बैंक गाभेको थियो।
स्रोतका अनुसार एनएमबिको १०० रुपैयाँ बराबर कञ्चनको प्रतिसेयर मूल्य ८५ रूपैयाँ तय भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।