logo

एनएमबी बैंकको नाफा १ अर्ब ६३ करोड, स्प्रेड दर ५ प्रतिशतभन्दा माथि

    1681   पटक पढिएको

२६ माघ / अर्थ र व्यापार - एनएमबी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकले गत पुस मसान्तसम्ममा १ खर्ब १३ अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८८ अर्ब ४८ करोड ५० लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।
चालु आवको ६ महिनासम्ममा बैंकसँग सर्वसाधारणको १ खर्ब २६ अर्ब ४२ करोड ९० लाख रुपैयाँ निक्षेप छ । गत आवको सोही अवधिमा बैंकसँग सर्वसाधारणको ९७ अर्ब ८९ करोड २३ लाख रुपैयाँ निक्षेप थियो ।

चालु आवको ६ महिनामा ७ अर्ब १ करोड ३० लाख रुपैयाँ व्याज आम्दानी गरेको छ भने ४ अर्ब २७ करोड ८६ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५ अर्ब २८ करोड४० लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब २७ करोड ८५ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । बैंकको गत आवको पुस मसान्तसम्ममा २ अर्ब ५५ लाख रुपैयाँ खुद व्याज आम्दानी थियो भने चालु आवको सोही अवधिमा २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात केही बढेको छ । गत आवको पुस मसान्तसम्ममा ०.७८ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिसम्ममा १.९६ प्रतिशत पुगेको छ । यस्तै, कष्ट अफ फण्ड पनि केही बढेको छ । गत आवको पुस मसान्तमा ७.३२ प्रतिशत रहेको बैंकको कष्ट अफ फण्ड चालु आवको सोही अवधिमा ७.७० प्रतिशत पुगेको छ ।

बैंकको पुँजी निक्षेप कर्जा अनुपात - सीसीडी रेसियो ७७.५५ प्रतिशत छ । गत आवको पुस मसान्तसम्ममा सीसीडी रेसियो ७८.९५ प्रतिशत थियो । बैंकहरुले सीसीडी रेसियो ८० प्रतिशतसम्म पुर्याउन पाउँछन् । त्यसैले एनएमबीसँग अब धेरै कर्जा दिन सक्ने स्पेस बाँकी छैन भने आफूसँग भएको स्रोतको अधिकतम उपयोग गरेको छ ।

बैंकको आधार दर केही बढेको छ । गत आवको पुस मसान्तमा १०.११ प्रतिशत रहेको आधार दर चालु आवको सोही अवधिमा १०.१२ प्रतिशत छ । आधार दर बढ्दा कर्जाको व्याजदर बढ्ने सम्भावना हुन्छ । यस्तै, व्याज अन्तर (स्प्रेड) दर पनि बढेको छ । गत आवको पुस मसान्तसम्ममा ४.७३ प्रतिशत रहेको आधार दर चालु आवको पुस मसान्तसम्ममा ५.०३ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चालु आवको अन्त्यसम्ममा व्याज अन्तरदर ४.४ प्रतिशत ल्याइसक्न निर्देशन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।