logo

एनएमबी बैंकद्वारा आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन

    1421   पटक पढिएको

१८ माघ /अर्थ र व्यापार  - एनएमबी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब १० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत पुस मसान्तको तुलनामा बैंकले १५.२८ प्रतिशतले खुद नाफा बढाएको हो ।

गत पुस मसान्तसम्ममा बैकले ९६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको खुद नाफामा १४ करोड ७१ लाख रुपैयाँले सुधार आएको हो । थप नयाँ साधारण शेयर (एफपिओ) बिक्रीबाट संकलित प्रिमियमबाट बैंकले आफ्नो जगेडा कोष चुक्ता पूँजीभन्दा मजबुत बनाएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी भन्दा जगेडा कोष ४९ करोड बढी पुगेको छ । बैंकले गत २ आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस भने पूँजीकरण गर्न बाँकी छ ।

चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ अर्ब २४ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको यसै अवधिमा बैंकको जगेडा कोषमा ५ अर्ब ४० करोड ४८ लाख रुपैयाँ सञ्चित थियो । बैंकको जगेडा कोष ७१ प्रतिशतले बढेको हो । बैंकले प्रिमियम सहित प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री गरेको थियो । जसबाट बैंकको जगेडा कोषमा उल्लेख्य सुधार आएको हो ।

नेपाल फाइनान्सियल रिर्पोटिङ स्टयाण्डर्ड (एनएफआरएस) अनुसार बैंकले पुस मसान्तसम्ममा ९७ करोड ४८ लाख ५५ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ३.२२ प्रतिशत अर्थात ३ करोड २४ लाख कम हो । गत वर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट एक अर्ब ७२ लाख रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।