logo

एनएमबी बैंकको नाफामा १९.९४ प्रतिशतले बृद्धि

    1295   पटक पढिएको

२३ बैशाख /अर्थ र व्यापार - एनएमबी बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा १९.९४ प्रतिशतले नाफा बढाएको छ । बैंकले चैत मसान्तसम्ममा एक अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले तीन विदेशी संस्थाबाट दुई अर्ब ९४ करोड रुपैयाँ ऋण ल्याएर उत्पादनशील क्षेत्रमा लगानी गरेको छ । बैंकले ९ महिनाको अवधिमा ९३ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरि ९० अर्ब ३९ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

कर्जा लगानीमा आक्रामक देखिएको बैंकको व्याज आम्दानी ३० प्रतिशत र व्याज खर्च १८ प्रतिशतले वृद्धि भएको छ । चैत मसान्तसम्ममा ८ अर्ब ६ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने चार अर्ब ९६ करोड व्याज खर्च भएको छ । खुद व्याज आम्दानी ५३ प्रतिशतले सुधार भएर तीन अर्ब ९ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या समाधानका लागि एनएमबी बैंकले नेपालमै पहिलो पटक विदेशबाट ऋण ल्याएर लगानी गरेको छ ।

बैंकले एफपिओ र बोनस शेयर मार्फत ४८ प्रतिशत चुक्ता पूँजी वृद्धि गरेको छ। बोनस शेयर एफपिओ मार्फत बैंकले ७ अर्ब ३७ करोड रुपैयाँको पूँजीबाट ९ अर्ब तीन करोड रुपैयाँ पुर्याएको हो । एफपिओको प्रिमियम रकम सहित बैंकको जगेडा कोषमा ७ अर्ब १३ करोड रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी र जगेडाकोष बढेसँगै बैंकको पूँजी कोष अनुपात थप २.५१ प्रतिशत विन्दुले बढेर १५.४४ प्रतिशत कायम भएको छ । प्रर्याप्त पूँजीकोष रहेकोले बैंकले आगामी दिनमा नियामकीय निर्देशन अनुसार थप कर्जाको विस्तार गर्ने योजना बनाएको छ ।

बैंकले एक वर्षको अवधिमा खराव कर्जा १.१० प्रतिशतबाट ०.७९ प्रतिशतमा झार्न सफल भएको छ । बैंकको कर्जाको गुणस्तरमा भएको सुधार र असूलीको दक्षताले गर्दा यस वर्ष खराव कर्जा घटाउन सफल भएको जनाएको छ । विशिष्ट रणनैतिक उद्देश्य स्थीरतामा लक्षित भएकोले राम्रो वित्तीय प्रदर्शन गर्न सक्षम भएको बैंकले जनाएको छ । बैंकले हालै नयाँ भर्सनको बैंकिङ सिस्टम फिनाकलमा स्तरोन्नती गरी संचालनमा ल्याएको छ ।
चुक्ता पूँजी ४८ प्रतिशतले वृद्धि हुदा पनि नाफामा उल्लेख्य सुधार हुँदा प्रतिशेयर आम्दानी थप एक रुपैयाँले बढेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।