logo

एनएमबि बैंकले निष्काशन गरेको ऋणपत्रको समयावधि लम्बिने

    1261   पटक पढिएको

४ चैत्र /अर्थ र व्यापार  - एनएमबि बैंकले फागुन ३० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा छिटोमा चैत ४ गते बन्द हुने समयावधि रहेकोमा आवश्यक आवेदन नपर्दा समय लम्बिने भएको छ । एनएमबि बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सर्वसाधारणका लागि बैंकले ११ लाख ४० हजार कित्तामा आवेदन मागेकोमा १० हजार कित्ता ऋणपत्रका मात्र बिक्री भएको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरको कुल ३० लाख युनिट ‘१०५ एनएमबि डिबेन्चर २०८५’ बिक्री खुला गरेको हो । जसमध्ये सर्वसाधारणमा बिक्री गरिने लागि १२ लाख कित्तामध्ये ६० हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ भने ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरो शेयर तथा सि आश्वा प्रणाली मार्फत चैत १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कूल निष्काशन ३० लाख अर्थात ६० प्रतिशत बराबरको १८ लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । ऋणपत्रले इक्रा नेपालबाट ‘इक्रा एनपी एलए माइनस’ रेटिङ्ग प्राप्त गरेको छ । जसले रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ । एनएमबि बैंकले निष्काशन गरेको दश वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् । ऋणपत्र बिक्रीबाट प्राप्त हुने रकममध्ये राष्ट्र बैंकबाट स्वीकृत क्षेत्रमा २ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गर्ने, २० करोड तरलता व्यवस्थापन, २० करोड विपन्न वर्गमा कर्जा प्रवाह गर्ने र ४० करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गर्ने योजना बैंकको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।