logo

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्जर हुने

    1178   पटक पढिएको

२ जेठ /अर्थ र व्यापार - एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन् । प्राइम बैंकसँगको एक्विजिसन भाँडिएपछि ओम डेभलपमेन्ट बैंक एनएमबिसँग मर्जरमा जाने भएको हो । आज (बिहीबार) दिउँदो साढे ३ बजे मर्जरमा जाने सैद्दान्तिक समझदारीपत्रमा हस्ताक्षर हुँदैछ ।

काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा एनएमबिका अध्यक्ष पवनकुमार गोल्यान र ओमका अध्यक्ष शुशीलकुमार गोसलीले समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ओमकातर्फबाट अध्यक्षसहित ५ जना सञ्चालक, सीइओ, डेपुटी सीइओ र एजिएम मर्जर सम्बन्धी सम्झौता हुने कार्यक्रममा सहभागी हुन काठमाडौं आइसकेका छन् ।

प्रिडिडिए अनुसार सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) ७० भन्दा माथि र ८० प्रतिशत भन्दा कम छ । तर, फुल डिडिए गरेपछि १० प्रतिशत थपघट गर्न सकिने सहमति छ । एनएमबिसँग मर्जरमा जाने सम्झौता भएसँगै ओम डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीबाट जोगिएको छ । यसले प्राइमलाई थप दबाब सिर्जना गरेको छ । यद्यपि प्राइमले पनि चाँडै अर्को संस्थासँग मर्जर वा एक्वायरमा जाने सम्झौता गर्ने तयारी गरिरहेको स्रोतले जानकारी दियो ।

एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत वर्षको भन्दा १९.९३ प्रतिशतले बढेको छ । बैंकको वितरण योग्य नाफा ९७ करोड २१ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४३ करोड ९९ लाख १ हजार रुपैयाँ रहेको छ । चैतसम्ममा बैंकले ९३ अर्ब ९६ करोड २६ लाख निक्षेप संकलन गरी ८७ अर्ब २ करोड ४५ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा रहेको बैैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २२ पैसा रहेको छ । यस्तै ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ३४ करोड ७३ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब १५ करोड १२ लाख १ हजार रुपैयाँ रहेको छ ।

२४ अर्ब ७९ करोड ८९ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैकले २२ अर्ब ४९ करोड ५१ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले लगानीकर्ताहरुलाई १२.७० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।