logo

निर्धन उत्थान लघुवित्तद्वारा वित्तिय विवरण सार्वजनिक, ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा

    1274   पटक पढिएको

२० माघ /अर्थ र व्यापार  - निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यवसायको आकार बढाएर खुद नाफा बढाउँदै लगेको वित्तीय विवरण सार्वजनिक गरेको छ । ७७ जिल्लामा नै शाखा कार्यालय रहेको यस लघुवित्तले आम्दानीका सूचक सकारात्मक रहेपनि कर्मचारी खर्च र खराब कर्जा अनुपातमा बढेकाले नियन्त्रण गर्नुपर्ने देखिन्छ ।

चुक्ता पूँजी कै हाराहारीमा जगेडा कोषको आकार बनाएको यस लघुवित्तले आफ्नो कोषको लागत घटाउँदा पनि मुनाफा आर्जन गर्न सकेको हो । एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा एक अर्ब १४ करोड रुपैयाँ जगेडा कोष रहेको छ । गत पुस मसान्तमा कम्पनीको एक अर्ब पूँजी र ९२ करोड १८ लाख बराबरको जगेडा कोष रहेको थियो । 

पुस मसान्तसम्ममा निर्धनले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा २३.६८ प्रतिशत अर्थात २६ करोड ३७ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २६ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा व्यवसायको आकारमा बढोत्तरी गरेको लघुवित्तको कोषको लागत केही घटेको छ । जसका कारण उसको कमाई बढेको हो । लघुवित्तको कोषको लागत ८.९८ प्रतिशतबाट ८.७५ प्रतिशतमा झरेको छ ।

यस अवधिमा लघुवित्तले ९ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने बैंक तथा वित्तीय संस्थाहरुबाट ६ अर्ब ९८ करोड १३ लाख रुपैयाँ सापटी लिएको छ । पुस मसान्तसम्ममा लघुवित्तले १७ अर्ब ९ करोड १७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।