logo

वाणिज्य बैंकहरू मध्येमा खुद नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक पहिलो नम्बरमा 

    1170   पटक पढिएको

२४ माघ /अर्थ र व्यापार - राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरू मध्येमा पहिलो नम्बरमा स्थान बनाएको छ । यस अवधिमा बैंकले ३४.९४ प्रतिशतले खुद नाफा बढाएर दुई अर्ब ४० करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै त्रैमासमा बैंकको खुद नाफा एक अर्ब ७८ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

बैंकले खुद नाफामा मात्र हैन निक्षेप संकलनमा पनि सबै वाणिज्य बैंकलाई पछाडि छाड्दै लिड गरेको छ । कर्जा लगानीमा भने बैंक एनआईसी एशिया, बैंकभन्दा १५ अर्ब रुपैयाँले पछाडि परेको छ । सरकारी स्वामित्वको अर्को विकास बैंक एनआईडिसीलाई प्राप्ती गरेको वाणिज्य बैंकको एकाध बाहेक धेरै सूचकहरुमा उल्लेख्य सुधार देखिन्छ । यद्यपी बैंकको खराब कर्जा अनुपात बढ्नु, कर्जा लगानीमा अन्य बैंकभन्दा पछाडि पर्नु, लगायतमा भने बैंकले आवश्यक ध्यान पुर्याउनुपर्ने अवस्था देखिन्छ ।

राष्ट्रिय वाणिज्य बैंकले बिहीबार सार्वजनिक गरेको नेपाल फाइनान्सिङ रिर्पोटिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार चालु आर्थिक वर्ष २०७५र७६ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको लाभांश क्षमता (फ्रि प्रोफिट) दुई अर्ब १७ करोड ८१ लाख पुगेको छ । एनएफआरएस रिर्पोट अनुसार बैंकले दुई अर्ब अर्ब ४० करोड खुद नाफा गरेकोमा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा २३ करोड १७ लाख रुपैयाँ व्यवस्था गर्नुपर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता धेरै घटेको हो ।

यद्यपी बैंकको गत आवको फ्रि प्रोफिट पनि २२.१० प्रतिशतले सुधार भएको छ । बैंकको गत आवको दोस्रो त्रैमासमा एक अर्ब ७८ करोड ३९ लाख बराबरको लाभांश क्षमता रहेको थियो । निक्षेप संकलनमा सबै वाणिज्य बैंकलाई लिड गरेको यो बैंक कर्जा प्रवाहमा भने एनआईसी एशिया बैंकभन्दा करिब १४ अर्ब ४३ करोड रुपैयाँले पछाडि परेको छ ।

चालू आवको प्रथम त्रैमासमा एनआईसी एशियाले एक खर्ब ४९ अर्ब ३० करोड कर्जा परिचालन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको एक खर्ब ३४ अर्ब ८७ करोड मात्र रहेको छ । वाणिज्य बैंकले आफ्नो व्यवसाय विस्तारलाई बढाएर चार अर्ब ९५ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । ६ महिनना अवधिमा ७ अर्ब २३ करोड ४३ लाख ब्याज आम्दानी गरेको यस बैंकले २ अर्ब २८ करोड ६ लाख ब्याज खर्च गरेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.४९ प्रतिशतले बढेको हो । बैंकको कर्जा निक्षेप अनुपात ६९.२९ प्रतिशत रहेको बैंकले अझै प्रशस्त कर्जा विस्तार गर्ने ठाउँ रहेको छ ।

धेरै पटक साधारण शेयर जारी गर्ने चर्चा मात्र हुने गरेको यस बैंकको साधारण शेयर आम जनतामा निष्काशन हुन नसक्दा बैंकको प्रगतिमा आम जनताले हिस्सेदारी प्राप्त गर्न सकेका छैनन् । बैंकको पूँजी कोष अनुपात भने ११.७३ प्रतिशत मात्र रहेकाले बैंकलाई पूँजीकोष बढाउन भने दबाब देखिन्छ । राष्ट्र बैंकले पूँजी कोष ११ प्रतिशतभन्दा घटेमा कारवाही गर्ने भएकाले बैंक व्यवस्थापनलाई पूँजीकोष वृद्धि गर्नुपर्ने आवश्यकता देखिन्छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।