logo

एनआईसी एशिया लघुवित्तले साढे ४७ करोडको आइपीओ ल्याउँदै

    1525   पटक पढिएको

१८ पुस / अर्थ र व्यापार - एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रूपैयाँको प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। यो प्राथमिक सेयर लघुवित्त वित्तीय संस्थाहरू मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हुनेछ।

 संस्थाले प्राथमिक सेयर निष्कासन गर्न गरेको रेटिङमा मध्यम किसिमको सुरक्षाको संकेत जनाउने ‘केयर एनपी आइपीओ ग्रेड चार प्लस’ प्राप्त गरेको छ। सर्वसाधारणका लागि ४७ लाख ५५ हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्ने तयारी गरेको संस्थाले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्नेछ।

नेपाल राष्ट्र बैंकबाट संस्थाले २०७४ मंसिरमा सञ्चालन अनुमति प्राप्त गरेको थियो। संस्थाको मुख्य कार्यालय जाजरकोटमा छ। न्यून आयस्रोत भएका परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले स्थानीय स्तरको विकासमा टेवा र्पुयाउँदै आएको छ।

प्रमुख कार्यकारीमा लक्ष्मीप्रसाद शर्मा र सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल छन्। शर्मालाई एनआईसी एशिया बैंकले पठाएको हो। बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा लामो अनुभव भएका शर्माले लघुवित्त क्षेत्रमा मात्रै नौ वर्ष काम गरेका छन्।

लघुवित्त दुई वर्षको अवधिमै १८ वटा जिल्लामा ५८ वटा शाखा सञ्जाल विस्तार गर्न सफल भएको छ। चालु आर्थिक वर्ष थप ५० वटा शाखा कार्यालय विस्तार गर्ने योजना छ। निक्षेप संकलन, कर्जा लगानी, रेमिट्यान्स र बीमाको सुविधा प्रदान गर्दै आएको छ।

हालको चुक्ता पुँजी एक अर्ब रूपैयाँ रहेको संस्थाको जगेडा कोषमा १६ करोड २९ लाख रूपैयाँ छ। प्राथमिक सेयर निष्कासनपछि चुक्ता पुँजी एक अर्ब ४७ करोड रूपैयाँ पुग्नेछ। प्राथमिक सेयर निष्कासनपछि एनआईसी एशिया पुँजीको हिसाबले तेस्रो स्थानमा हुनेछ। पहिलोमा निर्धन उत्थान र छिमेक लघुवित्तको एक अर्ब ५० करोड रूपैयाँ पुँजी छ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा संस्थाले तीन अर्ब नौ करोड रूपैयाँ ऋण लिएको छ। त्यस्तै ६३ करोड १२ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ। यसै अवधिमा चार अर्ब ४० करोड रूपैयाँको कर्जा लगानी गरेको छ।

एनआईसी एशिया बैंकको लगानी रहेको लघुवित्त संस्थाले बैंककै शैलीमा शाखा विस्तार र कर्जा लगानीमा जोड दिएको हो। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अवधिमा संस्थाले ५ करोड ५३ लाख रूपैयाँ नाफा आर्जन गरेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।