logo

एनआईसी एशिया लघुवित्तले साढे ४७ करोडको आइपीओ ल्याउँदै

    1822   पटक पढिएको

१८ पुस / अर्थ र व्यापार - एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रूपैयाँको प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। यो प्राथमिक सेयर लघुवित्त वित्तीय संस्थाहरू मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हुनेछ।

 संस्थाले प्राथमिक सेयर निष्कासन गर्न गरेको रेटिङमा मध्यम किसिमको सुरक्षाको संकेत जनाउने ‘केयर एनपी आइपीओ ग्रेड चार प्लस’ प्राप्त गरेको छ। सर्वसाधारणका लागि ४७ लाख ५५ हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्ने तयारी गरेको संस्थाले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्नेछ।

नेपाल राष्ट्र बैंकबाट संस्थाले २०७४ मंसिरमा सञ्चालन अनुमति प्राप्त गरेको थियो। संस्थाको मुख्य कार्यालय जाजरकोटमा छ। न्यून आयस्रोत भएका परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले स्थानीय स्तरको विकासमा टेवा र्पुयाउँदै आएको छ।

प्रमुख कार्यकारीमा लक्ष्मीप्रसाद शर्मा र सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल छन्। शर्मालाई एनआईसी एशिया बैंकले पठाएको हो। बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा लामो अनुभव भएका शर्माले लघुवित्त क्षेत्रमा मात्रै नौ वर्ष काम गरेका छन्।

लघुवित्त दुई वर्षको अवधिमै १८ वटा जिल्लामा ५८ वटा शाखा सञ्जाल विस्तार गर्न सफल भएको छ। चालु आर्थिक वर्ष थप ५० वटा शाखा कार्यालय विस्तार गर्ने योजना छ। निक्षेप संकलन, कर्जा लगानी, रेमिट्यान्स र बीमाको सुविधा प्रदान गर्दै आएको छ।

हालको चुक्ता पुँजी एक अर्ब रूपैयाँ रहेको संस्थाको जगेडा कोषमा १६ करोड २९ लाख रूपैयाँ छ। प्राथमिक सेयर निष्कासनपछि चुक्ता पुँजी एक अर्ब ४७ करोड रूपैयाँ पुग्नेछ। प्राथमिक सेयर निष्कासनपछि एनआईसी एशिया पुँजीको हिसाबले तेस्रो स्थानमा हुनेछ। पहिलोमा निर्धन उत्थान र छिमेक लघुवित्तको एक अर्ब ५० करोड रूपैयाँ पुँजी छ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा संस्थाले तीन अर्ब नौ करोड रूपैयाँ ऋण लिएको छ। त्यस्तै ६३ करोड १२ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ। यसै अवधिमा चार अर्ब ४० करोड रूपैयाँको कर्जा लगानी गरेको छ।

एनआईसी एशिया बैंकको लगानी रहेको लघुवित्त संस्थाले बैंककै शैलीमा शाखा विस्तार र कर्जा लगानीमा जोड दिएको हो। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अवधिमा संस्थाले ५ करोड ५३ लाख रूपैयाँ नाफा आर्जन गरेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।