logo

एनआइसी एशिया बैंकको आम्दानीमा १९ प्रतिशतले वृद्धि

    1319   पटक पढिएको

३० बैशाख /अर्थ र व्यापार - एनआइसी एशिया बैंकले दुई अर्ब २७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत बर्षको तुलानामा १९ प्रतिशतले खुद व्याज आम्दानी बढाएर नाफा बढाउन सफल भएको हो । 

चैत मसान्तसम्ममा बैंकले सात अर्ब ३७ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ भने गत बर्ष ६ अर्ब १९ करोड रुपैयाँ आर्जन गरेको थियो । चालु बर्षको नौं महिनासम्म सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले सबैभन्द धेरै नाफा आर्जन गरेको छ । सञ्चालनमा रहेका २८ बैंकमध्ये सर्वा्धिक नाफा राष्ट्रिय बाणिज्य बैंकले गरेको हो ।

बैंकले तीन अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो बर्षको चैतको तुलनामा १३ प्रतिशत बढि हो । दोस्रो धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकले तीन अर्ब १९ करोड रुपैयाँ नाफा गरेको  छ । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ । एनआइसी एसियाले नौं महिनाको अवधिमा एक खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ४१ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ रहेको छ । रिटेन अर्निङ ५३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ भने जगेडा कोषमा १४ अर्ब रुपैयाँ जम्मा भएको छ । यससँगै बैंकको पूँजीकोष २२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । 

पूँजीकोष अनुपात १२.८१ प्रतिशत छ । खराव कर्जा २.९० प्रतिशतबाट बढेर ४.२८ प्रतिशत पुगेको छ । आधार व्याजदर ६.२० प्रतिशतबाट ५.३८ प्रतिशतमा झरेको छ। स्प्रेडदर पनि ४.९५ प्रतिशतबाट घटेर ४.७० प्रतिशत रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।