logo

एनआइसी एशिया बैंकको लोभलाग्दो प्रगति, पुस मसान्तमा १ अर्ब ५१ करोड रुपैयाँ नाफा 

    1468   पटक पढिएको

२ माघ /अर्थ र व्यापार - डेढ वर्षदेखि निकै आक्रम भएर अघि बढेको एनआइसी एशिया बैंकले लोभलाग्दो प्रगति गरेको छ । बैंकले बुधबार सार्वजानिक गरेको चालू आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तको अपरिस्कृत वित्तीय विवरणमा गत वर्षको यसै अवधिको तुलनामा १६४ प्रतिशतले नाफा बढाएको उल्लेख छ । गत वर्षको पुस मसान्तमा ५७ करोड रुपैयाँ कमाएको बैंकले यो पुसमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।

एक वर्षको अवधिमा बैंकको वासलातको आकार ५३ प्रतिशत अर्थात् ७४ अर्ब रुपैयाँले बढेर २ खर्ब १४ अर्ब पुगेको छ । एक वर्षको अवधिमा बैंकले ५५ अर्ब रुपैयाँले निक्षेप बढाउँदै यो पुस मसान्तमा कुल निक्षेप १ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ पुर्याएको छ । प्रतिशतमा हेर्दा निक्षेपको वृद्धि ४६ प्रतिशतले हो ।

त्यस्तै, ४८ अर्ब रुपैयाँले कर्जा बढाएर १ खर्ब ४९ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ । कर्जाको वृद्धिदर प्रतिशतमा हेर्दा ४८ प्रतिशतले बढेको हो । यो वृद्धि नेपाली बैंकिङ ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च भएको बैंकको दाबी छ ।

बैंकले देशभर २ सय ७३ शाखा, २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २२ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।