logo

गुडविल फाइनान्समा नयाँ संचालक समिति,२५ करोडको डिवेन्चर निश्काशन हुँदै

    1394   पटक पढिएको

२ माघ / अर्थ र व्यापार - गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २५ औं बार्षिक साधारणसभा गुडविल कम्प्लेक्स हात्तिसारमा सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष राजाराम जोशीले आ.व. २०७५र०७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २७ प्रतिशतले वृद्धि गरी रु.६ अर्ब ८९ करोड ५६ लाख १३ हजार ७११ रूपैयाँ ८३ पैसा तथा कर्जातर्फ २६ प्रतिशतले वृद्धि गरी रु. ५ अर्ब ९० करोड ३१ लाख २२ हजार ८२४ रूपैयाँ ५८ पैसा पु¥याएको जानकारी दिनुका साथै संस्थाका अध्यक्ष राजाराम जोशीले प्रस्तुत गरेको आ.ब.२०७५र०७६ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट १०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले, संस्थाले ७ बर्ष अवधिको १२ प्रतिशत व्याजदरमा ६-६ महिनामा व्याज भुक्तानी हुने गरि प्रति डिवेन्चर एक हजारका दरले कुल रु.२५ करोड रुपैंया बरावरको दुई लाख ५० हजार कित्ता “१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३” निष्काशन गर्ने प्रक्रियामा रहेको जानकारी गराएका थिए ।

हाल १६ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले आगामी दिनमा उपत्यका भित्र तथा बाहिर थप शाखा तथा एक्सटेन्सन काउण्टर विस्तार गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको सो अवसरमा बताइएको थियो ।

संस्थाको २५ औं साधारण सभाले आगामी ४ बर्षका लागि नयाँ संचालक समितिको गठन गरेको छ । जस अन्तर्गत संस्थापक शेयरधनीहरुको तर्फबाट सुधिरमान मास्के, दिलीपकुमार मुनकर्मी, जेनी जोशी (महिला संचालक) तथा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट विश्वप्रकाश साखः, पशुपतिभक्त श्रेष्ठ, श्री रमेश मल्ल निर्विरोध निर्वा्चित भएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।