logo

गुडविल फाइनान्समा नयाँ संचालक समिति,२५ करोडको डिवेन्चर निश्काशन हुँदै

    1687   पटक पढिएको

२ माघ / अर्थ र व्यापार - गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २५ औं बार्षिक साधारणसभा गुडविल कम्प्लेक्स हात्तिसारमा सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष राजाराम जोशीले आ.व. २०७५र०७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २७ प्रतिशतले वृद्धि गरी रु.६ अर्ब ८९ करोड ५६ लाख १३ हजार ७११ रूपैयाँ ८३ पैसा तथा कर्जातर्फ २६ प्रतिशतले वृद्धि गरी रु. ५ अर्ब ९० करोड ३१ लाख २२ हजार ८२४ रूपैयाँ ५८ पैसा पु¥याएको जानकारी दिनुका साथै संस्थाका अध्यक्ष राजाराम जोशीले प्रस्तुत गरेको आ.ब.२०७५र०७६ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट १०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले, संस्थाले ७ बर्ष अवधिको १२ प्रतिशत व्याजदरमा ६-६ महिनामा व्याज भुक्तानी हुने गरि प्रति डिवेन्चर एक हजारका दरले कुल रु.२५ करोड रुपैंया बरावरको दुई लाख ५० हजार कित्ता “१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३” निष्काशन गर्ने प्रक्रियामा रहेको जानकारी गराएका थिए ।

हाल १६ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले आगामी दिनमा उपत्यका भित्र तथा बाहिर थप शाखा तथा एक्सटेन्सन काउण्टर विस्तार गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको सो अवसरमा बताइएको थियो ।

संस्थाको २५ औं साधारण सभाले आगामी ४ बर्षका लागि नयाँ संचालक समितिको गठन गरेको छ । जस अन्तर्गत संस्थापक शेयरधनीहरुको तर्फबाट सुधिरमान मास्के, दिलीपकुमार मुनकर्मी, जेनी जोशी (महिला संचालक) तथा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट विश्वप्रकाश साखः, पशुपतिभक्त श्रेष्ठ, श्री रमेश मल्ल निर्विरोध निर्वा्चित भएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।