logo

नेपालगञ्जको विकासका लागि निराश नहुन उद्योगी व्यापारीलाई अर्थमन्त्री डा.  खतिवडाको आग्रह

    1203   पटक पढिएको

८पुस/ अर्थ र व्यापार  - अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालगञ्जको विकासका लागि निराश नहुन उद्योगी व्यापारीलाई आग्रह गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको २७ औँ साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले नेपालगञ्जको विकासका विषयमा केन्द्र सरकार सकारात्मक रहेको बताए । विकासको काम क्रमिक रुपमा बढ्दै जाने र यसले आर्थिक विकास हुँदै जाने उनको भनाई थियो । 

नेपालगञ्जलाई आफूले नजिकबाट चिनेको भन्दै यस शहरलाई विकासमा पछि पर्न नदिने उनले आश्वासन पनि दिए । वि.सं. २०३५ मा पहिलोपटक नेपालगञ्ज आएको र त्यसपछि विभिन्न ओहदामा रहँदा यहाँको विकासका लागि काम गरेको भन्दै  चालिस वर्षको अवधिमा नेपालगञ्जले निकै ठूलो फड्को मारेको अर्थमन्त्री खतिवडाले बताए

साधारणसभामा बोल्ने उद्योगी, व्यवसायीले सङ्घीयता कार्यान्वयनसँगै नेपालगञ्ज पछि परेको गुनासो गरेपछि अर्थमन्त्री खतिवडाले नेपालगञ्ज विकासमा पछि नपर्ने भन्दै आश्वस्त पारेका थिए । उनले नेपालगञ्जको विकास औसत रुपमा सन्तोषजनक रहेको उल्लेख गर्दै थप विकासका लागि आफ्नो ध्यानाकर्षण भएको बताए ।

नेपालगञ्ज प्रदेश नं ५ को मात्र नभई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशकोसमेत विकासको संवाहकका रुपमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने, “कर्णाली प्रदेशको त यो प्रवेशद्वार नै हो । जडीबुटी, कृषिजन्य, खनिज वस्तुको प्रशोधन र निकासी गर्न पनि नेपालगञ्जको विकासक नगरी विकल्प नै छैन ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले पछिलो समय नेपालगञ्ज आर्थिक हवका रुपमा रुपान्तरण हुँदै गएको भन्दै त्यसको प्रोत्साहन गर्न राज्य लाग्नुपर्ने बताइन् । उनले आफू नेपालगञ्जवासी नै भएकाले यहाँको विकासका लागि सदैव साथमा रहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।