logo

दूर सञ्चार प्राधिकरणद्वारा ३ अर्ब रुपैयाँ निक्षेपमा राख्ने बैंक तथा वित्तीय संस्थाको खोजी सुरु

    1123   पटक पढिएको

२९ फागुन /अर्थ र व्यापार - नेपाल दूर सञ्चार प्राधिकरणले ३ अर्ब रुपैयाँ निक्षेपमा राख्ने बैंक तथा वित्तीय संस्थाको खोजी सुरु गरेको छ । प्राधिकरणले आज एक सूचना मार्फत ‘क’ वर्गका वाणिज्य बैंकलाई प्रस्ताव पेस गर्न आग्रह गरेको छ । त्यसरी लिएको निक्षेप बैङ्कले एक वर्षसम्म चलाउन पाउनेछन् ।

प्राधिकरणले रोयल्टी, नवीकरण दस्तुर लगायतका श्रोतबाट प्राप्त भएको ३ अर्ब रुपैयाँ एक वर्षका लागि मुद्दति निक्षेपमा राख्न लागेको जनाएको छ । वाणिज्य बैंकहरूले आफूले लिन चाहेको रकम र प्रस्तावसहित आगामी चैत ५ गतेभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ । वाणिज्य बैंकले न्यूनतम २० करोड रुपैंयाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बैंकले अधिकतम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई निक्षेप दिने जनाएको छ ।

बैंकले पुस मसान्तको अपरिस्कृत वित्तीय विवरणमा समावेश भएका ६ वटा परिसूचक उल्लेख गरेर आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । त्यसमा क्यापिटल एडेक्वेसी रेसियो, खराब कर्जा अनुपात, सिसिडी रेसियो, एसएलआर, नेट लिक्वीडीटी रेसियो(एनएलआर) र प्रति सेयर नेटवर्थ उल्लेख गनुपर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।