logo

नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ मुद्दती निक्षेप राख्ने

    1343   पटक पढिएको

२० कात्तिक / अर्थ र व्यापार

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा  एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ मुद्दती निक्षेपमा बचत राख्ने भएको छ ।

बैंकले आफ्नो विभिन्न कोषमा रहेका रकम आगामी मंसिर १ देखि एक वर्ष अर्थात ३६५ दिनको मुद्दती निक्षेपमा लगानी गन लागेको हो ।  बैंकले २०७७ कार्तिक ३० गतेसम्म त्रैमासिक रुपमा व्याज भुक्तान हुने गरी लगानी गर्ने जनाएको छ ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई एक अर्ब ३१ करोड १६ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २४ करोड ५९ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ८ करोड १९ लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकको निक्षेप लिन चाहाने बैंक तथा वित्तिय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा दिने ब्याजदर समेत खुलाई कार्तिक २२ गते शुक्रबार अपराह्न १ बजेसम्म वित्त व्यवस्थापन विभागमा आइपुग्ने गरी आवेदन गर्न सक्नेछन् ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कूल कर्जाको पाँच प्रतिशत भन्दा कम भएको जस्ता शर्तहरु पूरा गरेको हुनुपर्नेछ ।

त्यसैगरी खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको अवस्थामा फुकुवा भएको छ महिना अवधि पूरा भएको र सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरीसकेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।