logo

नेपाल राष्ट्र बैंकद्वारा ‘खोलौ बैंक खाता’ अभियान सञ्चालन

    1530   पटक पढिएको

२८ चैत्र /अर्थ र व्यापार - नयाँ वर्ष २०७६ सालमा बैंक खाता खोल्नेहरुले खातामा १०० रुपैयाँ उपहार स्वरुप पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘खोलौ बैंक खाता’ अभियान सञ्चालन गर्नका लागि २०७६ सालमा खोलिएका खातामा १०० रुपैयाँ बैंकका तर्फबाट राखिदिने व्यवस्था गरेको हो । हरेक नेपालीको बैंक खाता अभियानलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले उक्त व्यवस्था गरिदिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट बचत खाता खोल्नेहरुको खातामा १०० रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले बैंक खाता खोल्ने प्रकृयालाई पनि सहज बनाएको छ । आवश्यक कागजातहरुमा पनि सहजकरण गरिदिएको छ । पहिले बैंक खाता खोल्दा अनिवार्य रुपमा नागरिकताको प्रमाणपत्र साथै तीन पुस्ताको विवरण खुलाउने अन्य कागजात पनि आवश्यक पर्दथ्यो तर राष्ट्र बैंकले उक्त व्यवस्थालाई सहजिकरण गर्दै ग्राहक पहिचान गर्दा नागरिकताको प्रमाणपत्र , राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, कुनै सरकारी निकायले जारी गरेको फोटो सहितको परिचयपत्र अथवा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटो सहितको सिफारिस मध्ये कुनै एउटा कागजातको आधारमा खाता खोल्न सकिने छ । त्यस्तै बैंकहरुले खाता खोल्ने फारमलाई पनि सरलिकृत गर्नुपर्र्ने भएको छ ।

खातामा १०० रुपैयाँ प्राप्त गर्नको लागि खाता खोल्दा ग्राहकको अन्य बैंक खाता नभएको स्वघोषणा भने लिनुपर्ने हुन्छ । यसरी खोलिएको खाताको वार्षिक अधिकतम कारोबार सीमा भने १ लाख रुपैयाँ मात्र रहेको छ । कारोबार रकम १ लाख रुपैयाँ नाघेमा भने तीनपुस्ते सहितको सम्पुण विवरण बुुझाउनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।