logo

राष्ट्र बैंकद्वारा नवीकरणीय उर्जा उत्पादन गर्ने आयोजनालाई विदेशी मुद्रामा ऋण प्रदान गर्ने व्यवस्था संशोधन

    1239   पटक पढिएको

२९ माघ /अर्थ र व्यापार - राष्ट्र बैंकले नवीकरणीय उर्जा (जलविद्युत, सौर्य र वायु उर्जा) उत्पादन तथा प्रशारणसँग सम्बन्धित आयोजनालाई परिवत्र्य विदेशी मुद्रामा ऋण प्रदान गर्ने व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले परिपत्र १९र२०७४ को बुँदा ५ को खण्ड ‘क’ र ‘ख’ लाई परिमार्जन गरी १०० किलोवाट देखि १००० किलोवाटसम्म विद्युत शक्ति उत्पादन गरी बिक्री गर्न निजी क्षेत्रका उद्योग तथा आफ्नै परियोजनाका लागि विद्युत उत्पादन गरी खपत गर्न आवश्यक शर्त पूरा गरी परिवत्र्य विदेशी मुद्रामा अल्प वा मध्यकालीन ऋण प्रदान गर्न सकिने जनाएको छ ।

यसका लागि सानो स्केलमा नवीकरणीय उर्जा उत्पादन गरी बिक्री वितरण गर्न वा कुनै उद्योगले आफ्नै प्रायोजनाका लागि नवीकरणीय उर्जा उत्पादन गर्न उक्त ऋण दिने सकिने जनाएको छ । यस्तो ऋण उत्पादन सम्बन्धी उपकरणहरुको आयात भुक्तानी गर्ने प्रायोजनका लागि मात्र उपयोग हुने राष्ट्र बैंकको भनाई छ ।

यस्तो ऋण उपलब्ध गराउँदा नवीकरणीय उर्जा उत्पादनका उपकरणहरु आयात गर्न खोलिएका प्रतितपत्रको आधारमा मात्र गर्नुपर्ने छ । यस्तो ऋणमा लाग्ने बयाजदर सम्बन्धित बैंकले तोक्न सक्ने व्यवस्था रहेको छ । तर आफ्नो उद्योगको आवश्यकता बाहेक नवीकरणीय उर्जा उत्पादन गरी बिक्री वितरण गर्ने साना स्केलका उद्योगहरुको हकमा भने यस्तो ऋण सुविधा प्रदान गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।