logo

नेपाल राष्ट्र बैंकले ११ बर्ष अवधिको ऋणपत्र जारी गर्ने

    1223   पटक पढिएको

६ जेठ /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले मंगलबार ६ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ११ बर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । चालु बर्ष सरकारले ८६ अर्ब रुपैयाँ ऋणपत्र जारी गर्दैछ । यसैगरी सोमबार १३ अर्बको नयाँ ट्रेजरी बिल्स जारी गर्दैछ । साथै ३ अर्ब ८९ करोडको पुरानो ट्रेजरी बिल्सको नवीकरण गर्दैछ ।

यद्यपी यसअघि जारी गरिएका ऋणपत्रमा मागभन्दा कम आवेदन परेको छ । सरकारले चालु बर्ष १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । यसमध्ये ८६ अर्ब रुपैयाँ १५ दिनभित्र उठाउने सरकारी योजना छ । बैशाख मसान्तबाट ऋण उठाउन थालिएपनि मागभन्दा कम आबेदन परेको छ ।

सरकारले गत ३० गते ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलमार्फत १२ अर्ब रुपैयाँ उठाउन खोजेको थियो । तर बैंकिङ प्रणालीमा तरलता अभाव भएकाले ९१ दिने र १८२ दिने गरी ७ अर्ब उठाउनै सकेन । ३६४ दिनेमा ५ अर्ब रुपैयाँ उठाउन बोलकबोल गरेको थियो । यसमा जम्मा २ अर्ब ८ करोड रुपैयाँ मात्र बैंकहरुले कबुल गरेका छन् ।

विकास ऋणपत्रको पनि सन्तोषजनक नभएकाले बैंशाख ३१ र जेठ २ गते गरी १६ अर्ब रुपैयाँ विकास ऋणपत्र जारी गरेको थियो । यसमध्ये सात बर्ष अवधिको ८ अर्ब रुपैयाँको विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले २ अर्ब एक करोडका लागि मात्र आवेदन दिए। बाँकी ऋणपत्र बिक्न सकेन । बैशाख २ गतेको नौं बर्षे अवधिको ऋणपत्र भने पुरै बिक्री भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।