logo

तीन एजेण्डामा २७ बैंकका सिईओहरुसंग छलफल गर्दै गभर्नर अधिकारी

    1610   पटक पढिएको


२५ कात्तिक/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २७ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग विभिन्न ३ एजेण्डामा छलफल गर्ने भएको छ । 

गभर्नर अधिकारीले केही समयअघि पनि बैंकरसहित बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसँग सामूहिक छलफल गरेका थियो ।

गभर्नर अधिकारीले बुधबार दिउँसो १ बजे २७ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारीसँग भर्चुअल माध्यमबाट हुने छलफल गर्ने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार गभर्नर अधिकारीले अधिक तरलता, पुनर्कर्जा र सहुलियतपूर्ण ब्याजको ऋणका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्ने छन् ।

अहिले प्रणालीमा २०० अर्ब अधिक तरलता छ । सरकार आँफै पनि २०० अर्ब अधिक बचतमा छ । गभर्नरले गत भदौबाटै अधिक तरलता लामो समय नरहने बताउँदै आएका थिए । तर सरकारले ५७ अर्ब ऋण उठाउँदा पनि तरलता निरन्तर बढिरहेको छ ।

बढ्दो तरलताले बैंक बचतको ब्याज घटिरहेको छ । यस बारेमा गभर्नरले प्रमुख कार्यकारीहरुसँग छलफल गर्न खोजेका हुन् ।

गभर्नरले मंसिर २ गतेबाट प्रवाह हुने पुनर्कर्जाका बारेमा पनि छलफल गर्ने छन् । राष्ट्र बैंकले पुनर्कर्जाका लागि बैंकहरुसँग आवेदन माग गरिसकेको छ । तर प्रवाह भने भइसकेको छैन ।

यसबाहेक सरकारको ब्याज अनुदानको ऋण बढाउन पनि गभर्नरले छलफल गर्न खोजेका छन् । यसपाली सरकारले बीमा र ब्याज अनुदानका लागि बजेट बढाएको छ । यसबाट कुल २०० अर्ब ऋण पुर्याउने सरकारी लक्ष्य छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।