logo

नेपाल लाइफद्धारा दुई अर्ब ८८ करोड रुपैयाँको दाबी भुक्तानी

    1796   पटक पढिएको

३० साउन / अर्थ र व्यापार – नेपाल लाइफ इन्स्योरेन्सले दुई अर्ब ८८ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले २७ हजार १२९ वटा बीमा दाबीको लागि सो रकम खर्चिएको हो । कम्पनीले अब ७३ करोड ९४ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

नेपाल लाईफले खुद बीमाशुल्क संकलन १८.९८ प्रतिशतले वृद्धि गरि १२ अर्ब पाँच करोड रुपैयाँ संकलन गरेको छ । इन्स्योरेन्सको अभिकर्ता कमिशन समेत ७४ करोडले बढेर एक अर्ब २२ करोड खर्च गरेको छ । यसबाट कम्पनीले बीमा व्यवसाय विस्तारमा खर्च बढाएको देखिन्छ ।

नेपाल लाइफ इन्स्योरेन्सले १० लाख ४१ हजार बीमालेख संख्याबाट गत आर्थिक वर्षसम्ममा कुल ५२ अर्ब ३७ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । उसले गत आवमा मात्रै १२ अर्ब २१ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९ करोड रुपैयाँ तथा जगेडा कोषको आकार ४ अर्ब ७४ करोड बराबरको रहेको छ । कम्पनीको जीवनकोषको आकार ४० अर्ब २८ करोड ८९ लाख रुपैयाँ तथा महाविपत्ति कोषमा २२ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा ९० करोड ६६ लाख रुपैयाँ कमाएको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ४१ करोड ६५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । बीमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा तथा प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १५९.६७ गुणा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।