logo

नेपाल लाइफद्धारा दुई अर्ब ८८ करोड रुपैयाँको दाबी भुक्तानी

    2108   पटक पढिएको

३० साउन / अर्थ र व्यापार – नेपाल लाइफ इन्स्योरेन्सले दुई अर्ब ८८ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले २७ हजार १२९ वटा बीमा दाबीको लागि सो रकम खर्चिएको हो । कम्पनीले अब ७३ करोड ९४ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

नेपाल लाईफले खुद बीमाशुल्क संकलन १८.९८ प्रतिशतले वृद्धि गरि १२ अर्ब पाँच करोड रुपैयाँ संकलन गरेको छ । इन्स्योरेन्सको अभिकर्ता कमिशन समेत ७४ करोडले बढेर एक अर्ब २२ करोड खर्च गरेको छ । यसबाट कम्पनीले बीमा व्यवसाय विस्तारमा खर्च बढाएको देखिन्छ ।

नेपाल लाइफ इन्स्योरेन्सले १० लाख ४१ हजार बीमालेख संख्याबाट गत आर्थिक वर्षसम्ममा कुल ५२ अर्ब ३७ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । उसले गत आवमा मात्रै १२ अर्ब २१ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९ करोड रुपैयाँ तथा जगेडा कोषको आकार ४ अर्ब ७४ करोड बराबरको रहेको छ । कम्पनीको जीवनकोषको आकार ४० अर्ब २८ करोड ८९ लाख रुपैयाँ तथा महाविपत्ति कोषमा २२ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा ९० करोड ६६ लाख रुपैयाँ कमाएको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ४१ करोड ६५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । बीमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा तथा प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १५९.६७ गुणा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।