logo

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ६६ करोड, गत वर्षकोभन्दा ३१ करोड कम

    1369   पटक पढिएको

२४ माघ / अर्थ र व्यापार - चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार गत वर्षको पुस मसान्तसम्मको तुलनामा यो वर्षको सोही अवधिमा बैंकको नाफा ३० करोड ९४ लाख रुपैयाँ नाफा घटेको छ ।
गत पुस मसान्तसम्ममा बैंकले सर्वसाधारणमा १ खर्ब ३२ अर्ब ६० करोड ३८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ खर्ब २२ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

बैंकमा सर्वसाधारणको निक्षेप भने सामान्य अंकले मात्रै बढेको छ । गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको १ खर्ब ४९ अर्ब ९५ करोड २७ लाख रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको १ खर्ब ४९ अर्ब ३९ करोड २२ लाख रुपैयाँ निक्षेप थियो ।

गत वर्षको तुलनामा बैंकको खुद व्याज आम्दानी घटेको छ । गत आवको पुस मसान्तसम्ममा ३ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६ करोड ३३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष बैंकको खुद व्याज आम्दानी करिब २५ करोड रुपैयाँले घटेको छ ।

व्याज खर्च बढेका कारण बैंकको खुद व्याज आम्दानी कम भएको हो । गत आर्थिक वर्षको ६ महिनामा इन्भेष्टमेन्ट बैंकले ७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ व्याज आम्दानी र ४ अर्ब २९ करोड ४६ लाख रुपैयाँ व्याज खर्च गरेको थियो ।

चालु आवको ६ महिनामा बैंकले ७ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ व्याज आम्दानी र ४ अर्ब ६७ करोड १२ लाख रुपैयाँ व्याज खर्च गरेको छ ।

बैंकको खराब कर्जा अनुपात केही केही बढेको छ । गत आवको पुस मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात २.०४ प्रतिशत थियो भने चालु आवको सोही अवधिमा २.९ प्रतिशत पुगेको छ ।

गत आवको पुस मसान्तसम्ममा ६.५९ रहेको बैंकको कष्ट अफ फण्ड चालु आवको सोही अवधिमा ६.३७ प्रतिशतमा झरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७५.३९ प्रतिशत छ । यस्तो अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ ।

गत आवको पुस मसान्तसम्ममा ८.९६ प्रतिशत रहेको बैंकको आधार दर चालु आवको सोही अवधिमा ८.५३ प्रतिशतमा झरेको छ । आधार दर कम हुनु भनेको कर्जाको व्याज सस्तो हुनु पनि हो ।

बैंकको व्याज अन्तर ४.४१ प्रतिशत छ । गत आवको पुस मसान्तसम्ममा व्याज अन्तर ४.२४ प्रतिशत थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।