logo

नेपाल इन्भेष्टमेन्ट बैंकको निष्क्रिय कर्जा बढेपछि नाफामा दबाब, घट्यो इपीएस

    1463   पटक पढिएको

२९ कात्तिक / अर्थ र व्यापार - चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ८४ करोड ४४ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९.९३ प्रतिशत कम हो। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा बढेपछि नाफा घट्न पुगेको देखिन्छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १.२१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको यसै अवधिसम्ममा १.६३ प्रतिशत बिन्दु बढेर २.८४ प्रतिशत पुगेको छ । चुक्ता पूँजी स्थिर रहेपनि बैंकको खुद नाफा घटेपछि प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३८ पैसा घटेर २६ रुपैयाँ २५ पैसा कायम भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५२ करोड ७१ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६ करोड ६५ लाख कम हो। त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३० करोड ३ लाख घटेर १ अर्ब २० करोड ६३ लाखमा खुम्चिएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकको चुक्ता पूँजी १२ अर्ब ८६ करोड ९७ लाख रहेको छ। बैंकले जगेडा कोषमा १० अर्ब ४२ करोड ६६ लाख, रिटेन्ड अर्निङ्गमा २ अर्ब ९० करोड ९० लाख र शेयर प्रिमियममा १० करोड ५६ लाख रुपैयाँ सञ्चित गरेको छ ।

चालु आवको प्रथम त्रैमाससम्ममा बैंकले १ खर्ब ५१ अर्ब २८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ३० अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४२ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

गत आवको असोज मसान्तको तुलनामा बैंकको प्रतिशेयर नेटवर्थ ४२ रुपैयाँ ४९ पैसा घटेर २०४ रुपैयाँ ४४ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १६.८८ गुणा कायम भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।