logo

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा मन्दिर पुनर्निर्माणमा ५० लाख सहयोग

    1500   पटक पढिएको

१ माघ / अर्थ र व्यापार - नेपाल इन्भेष्टमेण्ट बैंकले श्री भिमसेन मन्दिर पुनर्निर्माणका लागि सरोकार समितिलाई ५० लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजार स्थित व्यापारीवर्गहरुको आराध्य देवताको रुपमा रहेको भिमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्लास्थित विभिन्न जातिय समाज, व्यापारिक वर्ग, संघ संस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा श्री भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति मार्फत स्थानिय तवरबाट नै आर्थिक श्रोत जुटाउने गरि मन्दिरको पुनर्निर्माणको कार्य दु्रतगतिमा भईरहेको छ ।

“हाम्रो सम्पदा हामी आफै बनाउन” भन्ने नाराका साथ काठमाण्डौ भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपन बाहेक ४चार करोड ९३ लाखको अनुमानित लागतमा शुरु गरिएको श्री भिमसेन मन्दिरको पुनर्निर्माणका लागि विभिन्न संघ संस्था, व्यक्ति, व्यापारीवर्ग, वित्तिय संस्था, स्थानिय सरकार, प्रदेश सरकार, सांसदहरुबाट समेत आर्थिक सहयोग प्राप्त भई रहेको छ ।

यसै क्रममा आज नेपाल इन्भेष्टमेण्ट बैंकबाट मन्दिर पुनर्निर्माणका लागि उक्त बैंकका अध्यक्ष एवं सम्पदा प्रेमी पुथ्वी बहादुर पाँडेले आफ्नो प्रतिवद्धता अनुरुप हाललाई रु. ५० लाखको आर्थिक सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाँण्डे मार्फत हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग ग्रहण गर्दै समितिका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल इन्भेष्टमेण्ट बैंकको उदारताका लागि हार्दिक धन्यबाद ज्ञापन गर्दै प्राप्त रकमले पुनर्निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।