logo

घर किन्न सस्तो ब्याजदरमै ऋण दिने नेपाल बैंकको घोषणा

    1200   पटक पढिएको

२६ कार्तिक / अर्थ र व्यापार - नेपाल बैंकले घर किन्न वा बनाउनका लागि सस्तो ब्याजदरमै ऋण दिने घोषणा गरेको छ । बैंकले आज (मंगलबार) शुलभ आवास कर्जा योजना नामक स्किम सार्वजनिक गर्दै सस्तो ब्याजदरमै आवास कर्जा दिने घोषणा गरेको हो ।

बैंकले तपाईंलाई कम्तीमा ८.८४ देखि बढीमा ९.९४ प्रतिशत ब्याजदरमा आवास कर्जा दिने भएको छ । बैंकले बेस रेटमा १ देखि २ प्रतिशत प्रिमियम शुल्क लिएर ५ वर्षदेखि २० वर्षसम्मका लागि आवास कर्जा दिने जनाएको छ । हाल बैंकको बेस रेट ७.८४ प्रतिशत छ ।

धेरै वाणिज्य बैंकको बेस रेट ८ प्रतिशतभन्दा बढी छ । जसकारण अन्य बैंकबाट ऋण लिँदा ब्याजदर केही महंगो पर्न जान्छ । त्यसैले तपाईंका लागि ऋण लिन नेपाल बैंक उपयुक्त हुनसक्छ ।

यो योजना अन्तर्गत ग्राहकले आफ्नै जग्गामा घर निर्माण गर्न, अरुले बनाएको घर किन्न, घर मर्मतरसम्भार तथा थप निर्माण गर्नका लागि ऋण लिन सक्नेछन्,’ बैंकले भनेको छ, ‘यो योजना अन्तर्गत बैंकबाट ऋण लिने ग्राहकले अग्रिम भुक्तानी शूल्य तिर्नुपर्ने छैन भने अन्य आकर्षक सुविधाहरुसमेत प्राप्त गर्न सक्नेछन् ।’

त्यसैगरी, बैंकले निक्षेपकर्तालाई आकर्षित गर्न ग्रिन सेभिङ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले निःशूल्करुपमा एटीएम, भिसा र डेभिट कार्ड प्राप्त गर्न सक्नेछन् । त्यस्तै निःशूल्क मोवाइल बैंकिङ रजिष्ट्रेशन सुविधा, निःशूल्क एबीबीएस सुविधा, निःशूल्क इन्टरनेट बैंकिङ सुविधा, ५० हजार रुपैयाँसम्मको औषधोपचार सुविधा, ५० लाख रुपैयाँसम्मको दुर्घटना बीमा लगायतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

यो खाता खोल्न न्यूनतम २५ हजार रुपैयाँ मौज्दात लाग्नेछ भने ६.५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् । त्यस्तै, एक वर्षसम्म बैंकको डेविट कार्डबाट अन्य जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्द शुल्क तिर्नुपर्ने छैन । उक्त योजना अन्तर्गत संकलित निक्षेपको रकम बैंकले नविकरणीय उर्जा तथा वातावरणमैत्री क्षेत्रमा लगानी गर्ने जनाएको छ ।

बैंकले चालू आर्थिक वर्षको पहलो त्रैमासमा १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकल गरी ९८ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । ७३ जिल्लामा रहेका बैंकका १६७ वटा शाखा, २३ एक्सटेन्सन काउन्टर, १०२ एटीएममार्फत् करिब १७ लाख ग्राहकलाई बैंकि¥ सेवा उपलब्ध गराएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।