logo

नेपाल बङ्गलादेश बैंकको नाफामा ५४ प्रतिशतले वृद्धि 

    1060   पटक पढिएको

२४ बैशाख /अर्थ र व्यापार - नेपाल बङ्गलादेश बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा १ अर्ब १४ करोड १४ लाख रुपैयाँ कमाएकोे छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ५४.६५ प्रतिशतले वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा ७३ करोड ८० लाख रुपैयाँ रहेको थियो । 

८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिटेन्ड अर्निङ्ग ६९ करोड २६ लाख रुपैयाँ र जगेडा ३ अर्ब १९ करोड ७९ लाख रुपैयाँ रहेको छ । बैंकले निक्षेपमा ५६ अर्ब ६ करोड १५ लाख निक्षेप संकलन गरि कर्जामा ५१ अर्ब ५२ करोड १३ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । 

बैंकको खुद ब्याज आम्दानी ५१ प्रतिशतले बढेर २ अर्ब ११ करोड १३ लाख रुपैयाँ र सञ्चालन नाफा ६५ दशमलव ३० प्रतिशतले बढेर १ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १८ दशमलव ८२ रुपैयाँ, मुल्य आम्दानी अनुपात ११ दशमलव २७ गुणा, प्रतिशेयर नेटवर्थ १४८ दशमलव १० रुपैयाँ र तरलता अनुपात २५ दशमलव ०९ प्रतिशत रहेको छ ।

बैंकको आधार ब्याजदर १० दशमलव ६९ प्रतिशत, कोषको लागत ७ दशमलव.६६ प्रतिशत, निष्कृय कर्जा १ दशमलव ८६ प्रतिशत र जोखिम युक्त सम्पत्ति ११ दशमलव ७६ प्रतिशत रहेको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।