logo

नेपाल बंगलादेश बैंकको नाफा ४१.१३ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक

    1226   पटक पढिएको

२२ माघ /अर्थ र व्यापार - नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६९.५४ प्रतिशत तथा वितरण योग्य नाफा झण्डै ४१.१३ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । व्यवसाय विस्तारसँगै बैंकको खराब कर्जा अनुपातको आकार भने बढेको छ । यस अवधिमा बैंकले जगेडा कोष,निक्षेप संकलन र कर्जा प्रवाह करिब २५ प्रतिशतको हाराहारीमा वृद्धि गरेको छ । गत आवको पुस मसान्तको उच्च रहेको बैंकको कोषको लागत र आधार ब्याजदर समेत घटाएको छ ।

नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्टान्डर्ड (एनएफआरएस) अनुसार नेपाल बंगलादेश बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा चालू आर्थिक वर्षको ६ महिना अवधिमा ७९ करोड ३३ लाख खुद नाफा गरेको उल्लेख छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६९.५४ प्रतिशत धेरै हो । गत वर्षको दोस्रो त्रैमासको बैंकको खुद नाफा ४६ करोड ७९ लाख थियो ।

बैंकको व्यवसाय विस्तारबाट ब्याज आम्दानीमा वृद्धि हुँदा लाभांश क्षमतामा समेत गत आवको पुसको तुलनामा १८ करोडले सुधारिएको छ । गत आवको ६ महिनामा बैंकको वितरणयोग्य मुनाफा फ्रिो प्रोफिट ४३ करोड ८० लाख रहेकोमा चालू आवको यसै अवधिमा ६१ करोड ८२ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा करिब ४१.१३ प्रतिशतले बढी हो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट १७ करोड ५० लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।