logo

नेपाल एग्रो लघुवित्तको आईपीओ आजदेखि निष्कासन 

    2265   पटक पढिएको

८ बैशाख /अर्थ र व्यापार - नेपाल एग्रो लघुवित्तको प्राथमिक शेयर (आईपीओ) को आजबाट बिक्री खुला भएको छ । । जम्मा १ करोड ६१ लाख ७७ हजार ८०० रुपैंया बराबरका १ लाख ६१ हजार ७७८ कित्ता शेयरो निम्ति आवेदन खुलेको हो । यो वित्तीय संस्थाले कर्मचारी र सामूहिक लगानी कोषका १० हजार कित्ता छुट्याएर बाँकी रहेको १ लाख ५१ हजार २०० कित्ता शेयरको आईपीओ निष्कासन गरेको हो । 

कम्तिमा १० देखि अधिकतम ८ सय कित्ता शेयर आवेदन  खुला भएको यो वित्तीय संस्थाले ११ गतेसम्मको लागि आवेदन माग गरेको छ । यसको जारी पुँजी ४ करोड ९७ लाख ७७ हजार ८ सयको ३२.५० प्रशितले हुन आउने १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँबराबरको १ लाख ६१ हजार ७७८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये २ हजार ४८९ कित्ता शेयर कर्मचारीहरुका लागि र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १ लाख ५१ हजार २ सय कित्ता सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

छिटोमा वैशाख ११ र ढिलोमा जेठ ६ गतेसम्म यसको शेयर आवदेनको निम्ति समय तोकिएको छ । यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ । आवेदन दिन चाहनेहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिने सक्नेछन् । 

हाल ३ करोड ३६ लाख चुक्ता पुँजी रहेको कम्पनीको सर्वसाधारणलाई छुट्याएको आईपीओपश्चात ४ करोड ९७ लाख ७७ हजार पुग्नेछ । सर्वसाधारणलाई समेत समेटेपछि कम्पनीमा शेयर स्वामित्व संस्थापकतर्फ ६७.५० प्रतिशत र सर्वसाधारणतर्फ ३२.५० प्रतिशत कायम हुनेछ । कम्पनीले सर्वसाधारणलाई आईपीओ बिक्री गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चैत १८ गते स्वीकृति पाएको थियो । गत वर्षको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रूपैयाँ ४८ पैसा रहेको छ । यस आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले प्रतिशेयर नेटवर्थ १०० रूपैयाँ ७३ पैसा पुर्याउने प्रक्षेपण गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।