logo

एनसीसी बैंकद्वारा ८० लाख कित्ता लिलामी शेयरमा बोलपत्र आह्वान, आज अन्तिम दिन

    1641   पटक पढिएको

२० पुस/ अर्थ र व्यापार  - नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) को करिब ८० लाख कित्ता लिलामी शेयरमा बोलपत्र पेश गर्ने पुस २० गते शुक्रबार अन्तिम दिन रहेका छ ।  बैंकले पुस ११ गते बुधबारेदेखि ६५ लाख १६ हजार ७९५ कित्ता संस्थापक शेयर र १३ लाख ९४ हजार १९८ कित्ता सर्वसाधारण गरि कूल ७९ लाख १० हजार ९९३ कित्ता शेयरमा बोलपत्र आह्वान गरेको थियो ।

इच्छुक लगानीकर्ताले एनसीसीले लिलाम बढाबढमा बिक्रीमा ल्याएका उक्त शेयरमा पुस २० गते शुक्रबार (आज) सम्म आवेदन दिन सक्नेछन् । बैंकको लिलामी हकप्रद शेयरको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, र एनसीसी बैंकका विराटनगर, विरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, नारायणगढ, बनेपा, र मुख्य शाखा कार्यालय बागबजारबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन न्युनतम १०० रुपैयाँ तोकेर बोलपत्र पेश गर्नुपर्दछ । बोलपत्र पेश गर्दा संस्थापक एक हजार कित्तादेखि ६५ लाख १६ हजार ७९५ कित्ता र साधारण १०० कित्तादेखि लिलामीमा आएको सबै कित्ताको लागि आबेदन गर्न सकिनेछ । आवेदन रकम बैंकले उपलब्ध गराएको बैंक खाता नम्बरमा जम्मा गरि सक्कल भौचर समेत पेश गर्नुपर्छ । त्यस्तै दश लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्छ ।

एनसीसीले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रदमा नबिकेको शेयर बैंकले लिलामीमा ल्याएको हो । पुस १९ गते बिहीबार एनसीसी बैंकको शेयर प्रतिकित्ता २१३ रूपैयाँमा कारोबार भएको छ । लिलामी शेयरमा आवेदन गर्दा दोस्रो बजारमूल्यलाई ध्यान दिनु एकदमै जरूरी हुन्छ । कम्पनीहरूको दोस्रो बजारमा हुने कारोबार मूल्यको आधारमा र यसअघि भएका लिलामी शेयरको कटअफ कति तल भएको त्यसको आधारमा कुन कम्पनीको शेयर कति मूल्यमा बोलकबोल गर्नुपर्ने निर्धारण गर्नु उपयुक्त्त हुन्छ । जसले न्यूनतम मूल्यमा शेयर सकार्न पाउने अवस्था आउनसक्छ ।

यस्तै जेबिल्स् फाइनान्स (JEFL) ले ६ लाख ६५ हजार ९९५ कित्ता संस्थापक  र ३ लाख ३१ हजार ६७२ कित्ता साधारण शेयरको शिलबन्दी बोलपत्र शुक्रबार बिक्री प्रबन्धक सनराइज क्यापिटलमा दिउँसो ३ बजे खुला हुने क्यापिटलले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।