logo

३१ साउनमा नेशनल हाइड्रोको साधारणसभा 

    1432   पटक पढिएको

९ असार / अर्थ र व्यापार - विवादित तथा समस्याग्रस्त नेशनल हाईड्रोपावर कम्पनीले साउन ३१ गते २० औँ साधारण डाकेको छ । सधारणसभाको विशेष प्रस्तावमा अन्य उपयुक्त हाइड्रो पावर कम्पनीसँग मर्ज गर्ने वा अन्य कम्पनीलाई एक्वीजिसनमा लिने बारे आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ । 
 एक अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको अझै पनि १९ करोड ७५ लाख रुपैयाँ ऋण रहेको छ । साथै आर्थिक बर्ष २०७३र७४ को दोस्रो त्रैमासिक रिपोर्ट अनुसार कम्पनी ४० करोड ९० लाख रुपैयाँ घाटामा रहेको छ ।
  कम्पनीको मुख्य प्रवर्द्धक रहेको सुनकोशी हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गर्ने भनिएको ४.५ मेगावाट क्षमताको तल्लो इद्रावती जलबिद्युत आयोजनाको विद्युत उत्पादन अनुमति पत्र अख्तियार दुरुपयोग अनुन्धान आयोगको आदेश अनुसार २०७१ पुष ३० को उर्जा मन्त्रालय सचिवस्तरीय निर्णयले खारेज भएको थियो ।
 उक्त आयोजनाको सुरुङ खन्नेकाम आधा बढि सकिएको हुँदा फेरि आफैंले लाइसेन्स लिने र बनाउने कम्पनीको योजना छ । त्यही कारण मर्जर प्रस्ताव साधारणसभामा लगिएको हो ।     गत मंसिरमा डाकिएको कम्पनीको साधारणसभा कोरम नपुगेर स्थगित भएको थियो ।    

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।