logo

नागरिक लघुवित्तद्वारा वित्तीय विवरण प्रकाशित, ४९ लाख ६४ हजार नोक्सान

    1411   पटक पढिएको

२१ माघ/ अर्थ र व्यापार  - नागरिक लघुवित्तले आर्थिक वर्ष २०७५र७६को दोस्रो त्रैमासम्ममा ४९ लाख ६४ हजार नोक्सानी ब्यहोरेको वित्तीय विवरण प्रकाशित गरेको छ । बनेपाको साँगामा केन्द्रीय कार्यालय रहेको उक्त लघुवित्तको गत असोजसम्ममा  नोक्सानी २२ लाख २७ हजार रहेको थियो । 

वि.सं. २०७४ साल माघ १५ गतेबाट वित्तीय कारोबार सञ्चालन गरेको नागरिक लघुवित्त व्यसायिक कारोबारले खर्च धान्न नसकेका कारण नोक्सानीमा गएको हो । ९० लाख निक्षेप संकलन र ५ करोड ८५ लाख बैंक तथा वित्ती संस्थाबाट सापटी लिएर कम्पनीले ८ करोड ८७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । 

यस अवधिमा लघुवित्तले १२ लाख २६ हजार खुद ब्याज आम्दानी गरेको छ । ४३ लाख कर्मचारी र २६ लाख अन्य सञ्चालन खर्च सहित ५१ लाख ७६ हजार सञ्चालन नोक्साीमा पुगेको कम्पनी २ लाख १२ हजार खराब कर्जा उठाउँदा ४९ लाख नोक्सानीमा झरेको हो ।

एक करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तमा ७० प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ भने ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नेछ । चालू आवको पस मसान्तसम्ममा कम्पनी ३१ लाख ५६ हजार रुपैयाँ जगेडा नोक्सानीमा छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत लिएको यस कम्पनी वि।सं २०७४ असार २५ गते पब्लिक कम्पनीमा दर्ता भएको थियो ।

लघुवित्तको कार्यक्षेत्र काभ्रेपलाञ्चोक सहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, गोर्खा, धादिङ, लमजुङ र तनहुँ गरि १० जिल्लामा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।