logo

नागरिक लगानी कोषको अवकाश कोषको भुक्तानी हिमालयन बैंकमार्फत हुने

    1349   पटक पढिएको

२४ असार / अर्थ र व्यापार - नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धी अवकाश कोषको भुक्तानी गर्न हिमालयन बैंकमार्फत हुने भएको छ । ८० प्रतिशत कर्जा भुक्तानीलाई अनलाइन माध्यम मार्फत सहजीकरण गराउन नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपिएस पेमेन्ट प्रणालीबाट  हुने भएको हो । 

सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल र बैंकका प्रमुख सञ्चालन अधिकृत मृगेन्द्र प्रधानले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमानसिंह प्रधान पनि उपस्थित थिए ।  सम्झौतापछि नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको ८० प्रतिशत कर्जा भुक्तानी कनेक्ट आइपिएसबाट सोझै हुने छ । यस प्रणालीमा आबद्ध ५० वटा  बैंकका खाताबाट भुक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । नागरिक लगानी कोषको कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंकमा हुनेछ ।

यसका लागि ऋृणीले कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिन्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् । ऋृणीले कनेन्ट आइपिएसमा गएर नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।