logo

नबिलमा पैसाको कमी छैन तर हामी आफैँले रोपेको बिऊको फल खान चाहन्छौं : अनिल शाह

    1108   पटक पढिएको

पुष ८ / अर्थ र व्यापार - नबिल बैंक अहिले ३५औं वर्षको दौरानमा छ । यो ३५ भन्ने नम्बर हाम्रा लागि धेरै महत्वपूर्ण छ । यो ३५ वर्षको अवधिमा नेपालको ठूलो बजेट, जसले धेरै ऋण लैजानुहुन्छ, त्यो अधिकांश नबिल बैंकको पर्सनल हुन्छ ।

अर्कोतर्फ, निक्षेप हेर्दा पनि धेरैको बजेट नबिल बैंकमै छ । हामी अझैं पनि पहिले गरेकोभन्दा राम्रो सेवा प्रदान गर्ने प्रयास गरिरहेका छौं । गत वर्ष हामीले २० वटा शाखा विस्तार गरेका थियौं । सन् २०२० को जनवरीसम्ममा ४० शाखाहरु विस्तार गर्ने योजनामा छौं ।

ठूलो पुँजी भएका मात्र होइन, सर्वसाधारण नागरिकले पनि नबिल बैंकमा शून्य रकममा बचत खाता खोल्ने वातावरण हामी सिर्जना गरिरहेका छौं । नागरिकमा जिरो ब्यालेन्सको बचत खाता बढाउनका लागि हामी धेरै ठाउँमा शाखा विस्तार गर्ने प्रक्रियामा छौं । हाम्रो अगाडि बढ्ने रफ्तार चाँडो होस् भन्ने मनासायले हामीले अहिले सक्षमसँग सहकार्य गरेका छौं ।

सक्षम र नबिल बैंक मिलेर एसएमई हब बनाऔं भन्ने हो । यो एसएमई हबमा नयाँ किसिमको काम गरौं भन्ने मनसायले यो प्रयास सफल भएको हो । हामीले धेरै कुरा अध्ययन गर्यौं । सबै कुरा अध्ययन गरिसकेपछि बैंकमा ऋण लिँदा समय बढी लाग्छ भन्ने कुरा आयो । यो हाम्रा लागि समस्या हो । यसलाई कति दिनमा गर्ने ? कति हप्तामा गर्ने भन्ने कुरामा पनि अन्तरिक गृहकार्य गर्यौं । अन्तिममा हामीले हाम्रो बैंक पनि ३५ औं वर्षमा प्रवेश गरेको अवसरमा ३५ घण्टामा कर्जा स्वीकृत अवधि तय गरेर नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक गरेका छौं ।

नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा आज नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेका छौं । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदैँ जोखिममा आधारित मूल्यांकनसहित क्रेडिट स्कोरीङ मोडल कर्जा अंकन ढाँचाका आधारमा यो योजना आरम्भ गरिएको हो । सरल र शीघ्र प्रशोधनसहित अधिकतम १०.५ प्रतिशतको व्याजदरमा यो कर्जा उपलब्ध हुनेछ ।

साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र युकेएड सक्षम मिलेर सहकार्य गरिरहेका छौं । यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो । क्रेडिट स्कोरीङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा व्याजदर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी व्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको हो ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइसकिने आकर्षक प्याकेजका साथ आएको छ । यसको एक वर्षका लागि अधिकतम १०.५ प्रतिशत ब्याजदर हुनेछ । यो नेपालमै पहिलो पटक एसएमई कर्जामा आधारित क्रेडिट स्कोरीङ मोडल हो ।

यसमा विदेशी सिस्टमलाई आत्मसाथ तथा बुझेर अगाडि बढ्नका लागि हामीलाई सक्षमको साथ चाहिएको हो । मलाई लाग्छ, नबिल बैंकलाई पैसाको कमि छैन । तपाईले ऋण लिनु भएको छैन वा अब ऋण लिएर कुनै व्यवसाय सुरु गर्न चाहनहुन्छ भने नबिल बैंकको कुनै पनि शाखामा गएर एकछिन कुरा गर्नुस् । ३५ वर्ष अगाडि नबिल बैंकबाट ५र१० लाख ऋण लिएर व्यवसाय सुरु गर्नेहरु आज १र२ अर्ब ऋण लिइरहनु भएको छ । कुनै व्यवसाय गर्न चाहनेहरुले नबिल बैंकमा आएर सजिलो एक्सप्रेस कर्जाको बारेमा जानकारी लिन सक्नुहुन्छ ।

आउने दिनहरुमा एसएमई नै नबिल बैंकको होप इनकमका रुपमा स्थापित हुनेछ । यो दुई चार जनाको प्रयासले एसएमइ सफल हुने होइन, सिंगो टिमले गर्दा नै आज हामी यो सार्वजनिक गर्न सफल भएका हौं । यो धेरै ठुलो रिक्स पनि हो । हामी अहिले जे गरिरहेका छौं, त्यसैलाई मात्र राम्रो गरेपनि हामी धेरै राम्रो गर्न सक्छौं । तर, अहिले जुन रुखको फल खाइरहेका छौं,  त्यो रुख बुढो भइरहेको छ । हामीलाई अब नयाँ रुख चाहिएको हो । अहिले जुन नबिल बैंकमा इन्टर गर्दै हुनुहुन्छ, उहाँहरूले भोलि के फल खाने भन्ने हो ।

हामी आफै बिऊ रोपेर त्यसको फल खान चाहन्छौं । यो एउटा नयाँ कन्सेप्ट हो । यस क्षेत्रमा नबिल बैंक पहिलो स्थानको बैंकको रुपमा मान्यता प्राप्त छ र साना तथा मझौला उद्यम ग्राहक तथा व्यवसायका लागि पनि हामी शीर्ष स्थानमा नै रहन चाहन्छौं । अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।