logo

नबिल बैंकको सजिलो एक्सप्रेस कर्जा योजना भैरहवामा सार्वजनिक

    1357   पटक पढिएको

२० माघ / अर्थ र व्यापार - नबिल बैंकले नबिल सजिलो एक्सप्रेस कर्जा योजना भैरहवामा सार्वजनिक गरेको छ । साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र यूकेएड सक्षम एक्सिज टु फाइनान्सको सहकार्यमा उक्त योजना ल्याएको हो ।

कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकन सहित क्रेडिट स्कोरिङ मोडल कर्जा आंकलन ढाँचाका आधारमा यो योजना आरम्भ गरिएको बैंकले जानकारी दिएको छ । सरल र शीघ्र प्रशोधनसहित अधिकतम साढे १०  प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ ।

यस योजनाअनुसार  क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याजदर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाख रूपैयाँसम्मको कर्जा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ ।

ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जानकारी दिएको छ ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिट कार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइसकिने आकर्षक प्याकेजका साथ आएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस क्षेत्रमा नबिल बैंक पहिलो स्थानको बैंकको रूपमा मान्यता पाएको र साना तथा मझौला उद्यम ग्राहक तथा व्यवसायका लागि पनि शीर्ष स्थानमा रहेको बताए ।

साथै, कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जाजस्ता रचनात्मक योजनाहरू अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बनेको उल्लेख गरेका छन् ।

उद्यमको कर्जा आवेदन फारमको प्रशोधनका निम्ति अंकन विधि अँगालेबाट नबिलले कर्जा निर्णय प्रकृयामा थप वस्तुनिष्ठता ल्याउन सघाउनेछ । यसबाट अन्ततः नेपालको साना तथा मझौला उद्यम क्षेत्रलाई लाभ मिल्नेछ । नबिल बैंकले आफ्नो देशभर ९३ वटा शाखा कार्यालयहरू, एक सय ४२ एटिएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत् सन्जालमार्फत सेवा प्रवाह गरिरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।